२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयकमा ‘निरंकुशताको झल्को’



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट बुधबार पारित विज्ञापन विधेयकले ‘शाही शासनकाल’को झझल्को दिएको सरोकारवालाले टिप्पणी गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याएको विधेयकमा सरकारी विज्ञापनसम्बन्धी नियन्त्रणमुखी प्रावधानलाई समितिले पारित गरेपछि सरोकारवालाले निजी लगानीमा सञ्चालित मिडियालाई धराशायी बनाउने खेल सुरु गरिएको तर्क गरेका छन् ।

नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल (शशी) ले विधेयकमा उल्लेखित प्रावधानले शाहीकालको झझल्को दिएको बताए । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएपछि विज्ञापनमा एकद्धार प्रणाली लागू गर्ने प्रयास गरेको थियो ।

रिजालले विधेयक संसदबाट हुबहु पारित भए विज्ञापन वितरणमा सरकारी बोर्डको आडमा व्यक्तिको तजबिजी बढ्ने र अनावश्यक झन्झट थोपरेर मिडिया र विज्ञापन व्यवसाय नै धराशायी बनाइने बताए । ‘दुई तिहाइको सरकारले यस्तो विधेयक ल्यायो भनेर पत्याउनै कठिन भएको छ,’ रिजालले भने, ‘यसको विरोध गर्छौं । यो सच्याउनुपर्छ ।’ विधेयकमा राखिएका क्लिन फिड, नियमन निकायको व्यवस्था जस्ता प्रावधान स्वागतयोग्य भए पनि विज्ञापनमा एकद्वार नीति अपनाउन खोज्नु गलत भएको उनले बताए ।

खास मिडियालाई तह लगाउन र आफूले चाहेको सञ्चार माध्यमलाई फाइदा दिलाउन यो व्यवस्था गरिएको अनुमान सरोकारवालाको छ । विज्ञापन बोर्डलाई सरकारी विज्ञापन छपाउने, भुक्तानी दिने र अनुगमन गर्ने अधिकार दिने प्रावधान विधेयकमा राखिएको छ । विधेयकमा भनिएको छ, ‘सरकार र यसअन्तर्गतका निकायले लोकल्याणकारी वा अन्य विज्ञापन वा सूचना प्रकाशन वा प्रसारण बोर्डमार्फत गर्नुपर्नेछ । यस्तो विज्ञापनको भुक्तानीबापतको रकम बोर्डमार्फत गर्नुपर्नेछ ।’

नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले बोर्डलाई सरकारी विज्ञापन बाँड्ने एजेन्सी बनाएको बताए । सरकारले आफूले चाहेको सञ्चार माध्यमलाई विज्ञापन दिने रणनीति बनाएको भन्दै दाहालले यो केन्द्रीकरणको एउटा रूप भएको बताए ।

‘विज्ञापन सञ्चार माध्यमको क्षमता, वर्गीकरण र प्रभावका आधारमा समानुपतिक ढंगले वितरण गरिनुपर्थ्यो,’ उनले भने, ‘यो विधेयक पारित भए निश्चित विज्ञापन एजेन्सीले मात्रआफ्नो व्यवसाय सञ्चालन गर्न सक्छन् । आफ्नो आलोचक सञ्चार माध्यमलाई विज्ञापन नदिने खेल सुरु हुन्छ ।’

उनले अध्यक्षलगायत सबैजसो सदस्य तथा पदाधिकारीलाई सरकारले नियुक्ति गर्न सक्ने प्रावधानले बोर्ड स्वतन्त्र नहुने दाबी गरे । विधेयकमा अध्यक्षसहित नौ सदस्यीय बोर्डलाई विज्ञापन नियमन गर्ने अधिकार दिइएको छ । विज्ञापन गर्न हुने र नहुने विषय अनुगमन गरेर बोर्डले दण्ड सजाय गर्न सक्ने प्रावधान राखिएको छ । विज्ञापनका सर्त उल्लंघन गरे ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

विधेयकमा बोर्डको काम कर्तव्य र अधिकार १३ वटा बुँदामा उल्लेख गरिएको छ । सरकारको सार्वजनिक हितसम्बन्धी सबै विज्ञापन बोर्डले समानुपातिक रूपमा वितरण गर्ने भनिएको छ । बोर्डलाई विज्ञापन संशोधन गर्ने, हटाउने वा सुधार गर्न सक्ने अधिकार दिइएको छ ।

बोर्डले विज्ञापन एजेन्सीहरूसँग समन्वय गर्ने प्रावधान राखिएको छ । विज्ञापन संघले बिहीबार विज्ञप्ति प्रकाशन गर्दै विज्ञापन नीतिले निरंकुश सरकारको जस्तै एकद्वार नीतिलाई प्रश्रय दिन खोजेको त हैन भनी शंका गरेको छ । निर्णयमा पुनर्विचार गर्न सरकारसँग संघले माग गरेको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।