२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपकुलपति सिफारिस समितिको म्याद थप



अ+ अ-

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालय उपकुलपतिको नाम सिफारिस समितिको म्याद थपिएको छ ।

समितिले नाम सिफारिस गर्न नसकेपछि उपचारका लागि सिंगापुर जानुअघि प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आगामी २० गतेसम्मका लागि म्याद थपेका हुन् ।

उपकुलपति तीर्थराज खनियाँको कार्यकाल शुक्रबार ९आज० सकिँदै छ । कुलपति कार्यालयले शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई कामु उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेको छ । साउन १८ गते गठित समितिमा व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा र प्राध्यापक कमल गुरागाईं सदस्य छन् । समितिले ३ सातासम्म नाम सिफारिस गर्न नसकेपछि म्याद थप्दै शिक्षाध्यक्षलाई कामुको जिम्मेवारी दिनुपरेको हो ।
त्यस्तै उपकुलपति कार्यालयले बिहीबार पूर्वाञ्चल, नेपाल संस्कृत र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिको नाम सिफारिसका लागि सर्च कमिटी बनाएको छ । सहकुलपति तथा शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा छुट्टाछुट्टै कमिटी बनाइएको हो ।

पूर्वाञ्चल र संस्कृत विश्वविद्यालयको सिफारिस कमिटीमा योजना आयोगमा शिक्षा हेर्ने सदस्य उषा झा र शिक्षा सचिव महेश दाहाल सदस्य छन् । कृषि विश्वविद्यालयको सर्च कमिटीमा दाहाल र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदी सदस्य छन् ।

शुक्रबार यी विश्वविद्यालयका उपकुलपतिको पनि कार्यकाल पूरा हुँदै छ । अर्को उपकुलपति नियुक्ति नहुँदासम्मका लागि पूर्वाञ्चलमा डिन बेजकुमार थपलिया, संस्कृतमा शिक्षाध्यक्ष रमेश ढकाल र कृषिमा डिन शारदा थपलियालाई कामुको जिम्मेवारी दिने निर्णय गरिएको सहकुलपति कार्यालयले जनाएको छ ।

त्रिवि उपकुलपति खनियाँसँगै कृषि तथा वन विज्ञानका उपकुलपति ईश्वरीप्रसाद ढकाल, नेपाल संस्कृतका उपकुलपति कुलप्रसाद कोइराला र पूर्वाञ्चलका उपकुलपति घनश्यामलाल दासको कार्यकाल सकिएको हो ।

नेपाल संस्कृत र पूर्वाञ्चलको सेवा आयोग अध्यक्ष सिफारिस गर्न पनि मन्त्रीको संयोजकत्वमा सर्च कमिटी गठन गरिएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।