८ असार २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रहरीलाई चाहिने जति अधिकार दिएको छुः गृहमन्त्री थापा



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रदेश प्रहरीलाई चाहिने जति प्राप्त अधिकार दिएको बताएका छन् । बिहीबार राष्ट्रिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन् ।

सांसदहरूले प्रहरी विधेयक विरोधाभाष भएको बताएका पछि उनले भने– ‘प्रदेशहरूलाई दिने अधिकारहरू, उनीहरूले प्राप्त गर्ने अधिकारहरू जति चाहिएको छ त्यति दिइएको छ ।’ उनले कुनै पनि तरिकाले प्रदेशहरूको अधिकारलाई अतिक्रमण गर्ने विधेयकले प्रयत्न नगरेको बताए ।

प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा प्रदेश प्रहरीकै हुने बताउदै उनले अधिकार क्षेत्रका आधारमा अधिकार बिभाजित गरेको बताए । तर कतिपय यस्ता कुराहरूमा, परिस्थितिहरूमा प्रदेश प्रहरीले शान्ति सुरक्षा कायम गर्ने कुरामा पनि नेपाल प्रहरीको भूमिका हुन्छ ।’ गृहमन्त्री थापाले भने , ‘यहाँ दोहोरो भूमिकामा पनि हुन्छ, अपराध अनुसन्धकोको क्रममा पनि प्रदेश प्रहरीलाई अधिकार छ, त्यसैले अतिक्रमण गरिएको छैन ।