८ असार २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुर्किना फासो आक्रमणप्रति राष्ट्रसंघको आपत्ति



अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकी मुलुक बुर्किना फासोको सैनिक शिविरमा भएको आक्रमणप्रति आपत्ति जनाएका छन् । गत सोमबार भएको उक्त आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको थियो ।

महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेका वक्तव्यमा महासचिव गुटेरेसले मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेकोउल्लेख छ । प्रवक्ता डुजारिकले सर्वसाधारणलाई लक्षित गरी पछिल्ला समयमा भइरहेका जथाभावी आक्रमणको निन्दा गर्दै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्न अपिल गरेका छन् ।

बुर्किना फासोको उत्तरी प्रान्त सउममा रहेको काउटाउ सैनिक शिविरमा गत सोमबार आक्रमण गरिएको थियो । सरकारी विवरणमा यस वर्षको यो सबैभन्दा घातक आक्रमण रहेको उल्लेख छ ।