२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुटिङको तस्बिर लिक भएपछि सलमान खान रिसाए



अ+ अ-

बलिउडका सुपर स्टार सलमान खान अहिले आफ्नो आउँदा चलचित्र दबंग ३ को शुटिङमा ब्यस्त छन् । उनको यो भन्दा अगाडिको दबंग,दबंग२ ले पनि बजारमा राम्रो भाउ पाएको थियो । उनका फ्यानहरुले उनको यस चलचित्रको चुलबुल पान्डे को रोललाई पनि निकै नै मन पराएका थिए । तर पछिल्लो समय दबंग ३ को शुटिङ गर्दै गर्दा उनको शुटिङको भिडियो तथा तस्बिरहरु लिक भएपछि भने उनी केहि रिसाएका छन् ।

सलमान खानले यसरी भिडियो तथा तस्बिरहरु लिक गराउनेको बिरुद्द कडा कदम चालिने बताएका छन् । तस्वीरहरूमा सलमान खान–सोनाक्षी सिन्हा नृत्य क्रमका लागि शूटिङ गर्दै थिए। एकातिर, फ्यानहरू गीतको झलक देख्न उत्साहित भए भने, सलमान यससँग खुसी छैनन् ।

मिड–डे स्रोतका अनुसार,’सलमान खानले निर्माण, रचनात्मक र मार्केटि टोलीसँग एक बैठक बोलाएर लीक भएका चित्रहरूका बारेमा नाराजगी व्यक्त गरे । सलमानले आफ्नो टोलीलाई कडा शब्दमा भने कि फेरि सेटबाट केहि पनि लिक नहोस। सलमानले दबंग ३ को पुणेको सेटको भित्ता बढाउन आदेश दिएका छन् ।’