८ असार २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कप क्रिकेट: रोहितकुमारको कप्तानीमा नेपाली टोली घोषणा



अ+ अ-

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ ।

सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक खेलाडीमा परेका थिए ।यसअघि टोलीमा परेका विशालविक्रम केसी र तिलकराज भण्डारी भने टोलीाबाट बाहिरिएका छन् ।

यस्तै टोलीमा ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान छन् । यस्तै कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी पनि टोलीमा परेका छन् ।

स्थानीय टिमसँग केही अभ्यास खेल खेल्न नेपाली किशोर टोली शनिबार श्रीलंका प्रस्थान गर्नेछ।

एसिया कप भने १९ भदौबाट सुरु हुनेछ । समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् भने आयोजक श्रीलीकासँगै नेपाल, बंगलादेश र यूएई समूह बीमा छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले २० भदौमा घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि नेपालले २२ भदौमा बंगलादेश र २४ भदौमा यूएईसँग खेल्नेछ ।