८ असार २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईखर्क तालको पूर्वाधार निर्माण



अ+ अ-

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा पर्ने गाईखर्कताललाई पर्यटकीयस्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । तालको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गरेर पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासीले अग्रसरता देखाएका छन् ।तालमा रहेको पानीको स्रोतको संरक्षणसँगै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा तालमा पुग्ने पर्यटकका लागि पूर्वाधार निर्माण गरिएको हो ।

गत वर्ष गाउँपालिकाको रु पाँच लाख २५ हजार अनुदान र स्थानीयवासीको रु ४९ हजार बराबरको श्रमदानमा मन्दिर र प्रवेशद्वार निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर सिउथानीले बताए । उनका अनुसार ताल परिसरमा पूजा गर्नका लागि मन्दिर बनाइएको हो । न कुनै पानीको मुहान छ, न कतैबाट पानी ल्याएर तालमा हालिएको छ ।

जति खडेरी परे पनि पानी सुक्दैन । हावाहुरीले तालमा पातहरु परे पनि चराले लैजाने र कहिल्यै पानी फोहर नहुने अनौठो विशेषता छ गाईखर्क तालको । तालमा धार्मिक पर्यटकहरु बढी आउन थालेका छन् । उनीहरुलाई सहज होस् भनेर मन्दिर बनाइएको हो । गाउँपालिकाले दुई लाख रुपैयाँ खर्च गरेर हाडिस खोलादेखि तालसम्म सडक निर्माण गरेको छ ।

घरीथोकदेखि ३० मिनेट उकालो पैदल हिँडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । तालको अहिले क्षेत्रफलसँगै बाँध बनाएपछि ताल गहिरो पनि बनेको छ ।