२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्युटीमा ट्राफिक प्रहरी निस्फिक्री



अ+ अ-

रौतहड । गौर–चन्द्रनिगाहपुर सडक खण्डमा ट्राफिक प्रहरी खटिए पनि आफ्नै काममा व्यस्त हुन्छन् । मोबाइल चलाउँदै त कोही गफिँदै गरेको देखिन्छ । सवारी नियम उल्लंघन हुँदा उनीहरू नदेखें झैं गर्छन् ।

चन्द्रनिगाहपुर चोकबाट दक्षिणतिर अधिकाशले हेलमेट नलगाई र तीनजना चढेर मोटरसाइकल चलाउँदा पनि ट्राफिक प्रहरी कारबाही गर्दैनन् । ट्राफिक ऐनविपरीत ३ जना चढाउने, हेलमेट नलगाउने र लाइसेन्सबिना चलाउनेको रौतहटमा बढी छन् । ड्युटीमा बसेका ट्राफिक मूकदर्शक बन्छन् । दुर्घटना न्यूनीकरण र आफ्नै सुरक्षाका लागी मोटरसाइकल चालकले हेलमेट लगाउनुपर्ने लगायत ट्राफिक नियमबारे सहर, बजार, विद्यालयमा जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरले जनचेतनामूलक कार्यक्रम गर्छन् । तर पनि यस क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति नभएको जस्तै भान हुन्छ । मुख्य बजार र सडकमै बिनाहेलमेट मोटरसाइकल चलाउने भेट्टिन्छन् । उनीहरू निर्वाध रूपमा ट्राफिकको अघिबाट जान्छन् । रोक्ने प्रयाससमेत गर्दैनन् ट्राफिक । गरुडा इलाकामा सबैभन्दा बढी नियम उल्लंघन गर्ने देखिएको छ ।

गरुडाका ट्राफिक दिनहुँ हरसाह चोकनजिक सबारी रोकेर जरिवाना काट्न ब्यस्त हुन्छन् । बजार क्षेत्र लथालिङ पारेर जरिवाना काट्न लागिपरेको भन्दै उनीहरूको चर्को आलोचना हुने गरेको छ । ट्राफिक व्यवस्थापन छाडेर सवारी रोक्दै जरिवाना काट्न लागिपरेको स्थानिय अमर श्रेष्ठले बताए । ‘गौर सडकमा अधिकांशले हेलमेट लगाउँदैनन्, सडकमै पार्किङ गर्छन्,’ उनले भने, ‘ड्युटीमा ट्राफिक बसे पनि बेवास्ता गर्छन् । रोकेर सचेतसमेत गराउँदैनन् ।’ यहाँको गरुडा, शिवनगर, सन्तपुर, डुमरीया, हर्साह, बिर्ता, शिवनगर, शुकदेव क्षेत्रमा ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउँछन् । बजारको चोक–चोकमा ट्राफिक प्रहरी ड्युटीमा बसे पनि रोकछेक गर्दैनन् । उनीहरू नदेखे झैं गर्छन् । यहाँका ट्राफिक प्रमुख एसपी योगबहादुर पालले जिल्ला ट्राफिक रौतहटमा इन्चार्ज नभएकाले समस्या बढेको बताए । ‘केही समयपछि इन्चार्ज आउँछन् । अनि समस्या नहोला,’ उनले भने, ‘हामीले के गर्दा हुन्छ के गर्दा हुँदैन भन्ने चेतनाको ख्याल नगरेकाले नियम उल्लंघन गर्नेको संख्या बढेको हो । यसलाई सुधार्छौं ।’

जिल्ला ट्राफिकले हेलमेट नलगाउनेसँग ५ सयदेखि १ हजार ५ सयसम्म जरिवाना र चालक अनुमति पत्र नभएकालाई १ हजारदेखि १ हजार ५ सयसम्म जरिवाना लिने गरेको जनायो । मोटरसाइकलमा ४ जनासम्म यात्रा गर्ने, सवारी चालक अनुमति पत्र नभएका र उमेर नै नपुगेकाले तीव्र गतिमा मोटरसाइकल चलाउनेको संख्या बढेको पाइएको छ ।

दुर्घटना बढ्यो
जिल्ला ट्राफिका अनुसार साउन यता एक वर्षको अवधिमा विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल बढी भएको पाइएको छ । यस अवधिमा १ सय १६ सवारी दुर्घटना भए । तीमध्ये ७५ भन्दा बढी मोटरसाइकल दुर्घटना भएको ट्राफिकको तथ्यांक छ । दुर्घटनामा ५५ को मृत्यु भएको थियो । गएको साउनमा मात्र २० सवारी दुर्घटना भएकोमा १७ मोटरसाइकल परेका छन् । चन्द्रनिगाहपुर, गौर, गरुडालगायतका बजारमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ ।

नियम विपरीत सवारी चलाउने बढेका छन् । नियमन गर्ने निकाय निष्क्रिय जस्तै देखिएको स्थानीय विनोद घिमिरेले बताए । ‘मुख्य राजमार्गमा सवारी व्यवस्थापन लथालिंग छ,’ उनले भने, ‘ट्राफिक प्रहरीको सक्रियता आवश्यक देखिएको छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।