२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापनमा अंकुश लगाउने गरी विधेयक परिमार्जन



अ+ अ-

काठमाडौँ । सरकारले आफूमातहत निकायका विज्ञापन एकद्वार प्रणालीबाट आफूअनुकूलका सञ्चारमाध्यमलाई मात्र दिने गरी विधेयक परिमार्जन गरेको छ । विभिन्न सञ्चारमाध्यमलाई दिँदै आएको लोककल्याणकारी वा अन्य विज्ञापनरसूचना विज्ञापन बोर्डमार्फत मात्रै दिने व्यवस्था विधेयकमा छ ।

पञ्चायतकालमा सरकारी निकायका विज्ञापन आफूअनुकूलका सञ्चारमाध्यमलाई मात्रै दिने गरिन्थ्यो । अहिले सरकारले विधेयकमार्फत त्यही व्यवस्थालाई पुनरावृत्ति गर्न लागेको हो ।

उक्त कानुन बनेमा सरकारी निकायले कुनै पनि सूचना आफूखुसी प्रसारण वा प्रकाशन गर्न पाउने छैनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रस्ताव गरेको नियन्त्रणकारी विधेयक बुधबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट पारित भएको छ ।

समिति सभापति कल्याणीकुमारी खड्काका अनुसार यो विधेयक संसद्बाट पारित भएपछि सरकारी निकायबाट प्रदान गरिने सूचना सरकारले गठन गर्ने विज्ञापन बोर्डमार्फत प्रकाशन वा प्रसारण गर्नुपर्नेछ । त्यसको भुक्तानी पनि बोर्डले नै गर्नेछ । ‘सञ्चारमाध्यम छनोट गर्ने अधिकार विज्ञापनदातालाई हुनेरनहुने कार्यविधि बनाएपछि मात्र थाहा हुन्छ,’ सभापति खड्काले भनिन् ।

विधेयकमा भनिएको छ, ‘नेपाल सरकार वा अन्तर्गतका निकायले लोककल्याणकारी वा अन्य विज्ञापनरसूचना प्रकाशनरप्रसारण गर्दा बोर्डमार्फत गर्नुपर्नेछ र त्यस्तो विज्ञापनबापतको रकम बोर्डमार्फत खर्च गर्नुपर्नेछ ।’

यसैगरी सञ्चारमाध्यमले विज्ञापनरहित (क्लिन फिड) प्रसारण तथा प्रकाशन गर्न समितिमा सहमति जुटेको छ । लामो समयदेखि छलफलमा रहेको उक्त विषयलाई समितिबाट पारित भएपछि क्लिन फिड लागू हुने निश्चित भएको हो । विधेयकमा उल्लेख भएअनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानलले विज्ञापनरहित सामग्री प्रस्तुत गर्नुपर्नेछ ।

विधेयक पारित भएपछि ऐन बनाएर सरकारले तत्काल लागू गर्नुपर्नेछ । विदेशी च्यानलसँग डाउनलिंंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाले भने यो ऐन प्रारम्भ भएको एक वर्षभित्र क्लिन फिड सामग्री प्रसारण गर्नुपर्नेछ । नेपालका सञ्चारमाध्यमले विदेशी विज्ञापन डाउनलोड गरी प्रसारण गर्नपाउने छैनन् ।

राष्ट्रिय सभामा पेस भएको उक्त विधेयक सुझावसहित समितिमा पठाइएको थियो । समितिले पारित गरेको प्रावधानअनुसार विज्ञापन प्रकाशन वा प्रसारण गर्ने माध्यमहरू विद्युतीय, छापा, अनलाइन वा सामाजिक सञ्जाललाई तोकिएको छ । सामाजिक सञ्जाललाई पनि विज्ञापनको माध्यम मानिएको छ ।विधेयकमा विज्ञापन गर्न नपाइने प्रावधान पनि राखिएका छन् । राष्ट्रिय झन्डा, राष्ट्रिय गान, निसान छाप र राष्ट्रिय विभूतिको प्रयोग वा अवमूल्यन हुने गरी विज्ञापन गर्न नपाइने प्रावधान विधेयकमा छ ।

मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, शान्तिसुरक्षा, संघीय इकाईबीचको सम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्धमा बाधा पुग्ने गरी विज्ञापन गर्न पाइने छैन । राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अपमान हुने गरी एवं अपराधलाई प्रोत्साहन हुने सामग्री विज्ञापनमा समावेश गर्न पाइने छैन ।

विज्ञापनका कारण सार्वजनिक शिष्टाचार र नैतिकतामा बाधा पुर्‍याउन पाइने छैन । कुनै सेवा, वस्तु र कार्यक्रमको प्रचारका लागि बिजुली, टेलिफोन, सोलारलगायत सार्वजनिक सेवा प्रदान गर्न गाडिएका खम्बामा होर्डिङ बोर्ड राख्न नपाइने भएको छ । व्यक्तिको घरनजिकै घाम तथा हावा छेकेर पनि होडिङ बोर्ड राख्न पाइनेछैन ।

सरकारले पहिलो पटक ल्याउन लागेको उक्त विधेयकमा विज्ञापनको नियमन गर्न बोर्ड गठनको व्यवस्था गरिएको छ । समावेशी सिद्धान्तअनुसार गठन हुने उक्त बोर्डको कार्यकाल चार वर्ष हुनेछ । कार्यकाल तीन वर्षको प्रस्ताव गरिएकोमा समितिले चार वर्ष बनाएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा गठित सिफारिस समितिले तोकिएबमोजिम योग्यता पुग्ने व्यक्तिलाई खुला प्रतिस्पर्धाद्वारा अध्यक्ष छनोट गरी नियुक्तिका लागि सरकारलाई सिफारिस गर्नेछ । अध्यक्षको उम्मेदवार हुन कम्तीमा आमसञ्चार, कानुन, विज्ञापन र व्यवस्थापन विषयमा स्नातक उत्तीर्ण गरी १० वर्षको अनुभव भएको हुनुपर्नेछ । कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र नलिएको र ३५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।