८ असार २०८३, सोमबार
,
Latest
नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेजन वन क्षेत्रमा वर्षकै सबैभन्दा धेरै डढेलो



अ+ अ-

काठमाडौं । ब्राजिलको धेरै पानी पर्ने अमेजन वन क्षेत्रमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै डढेलो लागेको तथ्यांक सार्वजनिक भएको छ । ब्राजिलको अन्तरिक्ष निकाय नेसनल इन्स्टिट्युट फर स्पेस रिसर्च (आइएनपीई) का अनुसार गत वर्षभन्दा यस वर्ष डढेलोको संख्या ८३ प्रतिशतले बढेको देखिएको छ ।

वनमा लागेको डढेलोबाट निस्किएको धुवाँका कारण साओ पाउलो सहरमा दिउँसै अन्धकार भएको थियो । एउटा शक्तिशाली हावाको वेगले रोन्डोनिया र अमेजोनास राज्यमा फैलिएको डढेलोको धुवाँ ल्याएपछि २७ सय किलोमिटर पर रहेको साओ पाउलो सहर करिब एक घन्टा अन्धकार भएको थियो ।

वनविनाशको तथ्यांकबारे विवाद उत्पन्न भएपछि राष्ट्रपति जाइर बोल्सोनारूले आइएनपीईका प्रमुखलाई पदमुक्त गरेको एक हप्तापछि डढेलोसम्बन्धी तत्थ्यांक सार्वजनिक भएको हो । बढ्दो डढेकोका कारण अमेजन आसपासका क्षेत्रमा संकटकाल घोषणा गरिएको छ ।संरक्षणकर्मीहरूले काठ व्यापारी र कृषकहरूलाई जमिन खाली पार्न उनले प्रोत्साहन गरेपछि यस्तो अवस्था सिर्जना भएको आरोप लगाएका छन् ।

गएको बिहीबार यता मात्रै ब्राजिलमा ९ हजार ५०० ओटा डढेलो देखिएकामा ती अधिकांश अमेजन क्षेत्रमा थिए । आइएनपीईले जनवरीदेखि अगस्ट महिनाबीच ७२ हजारओटा डढेलोका घटना पहिचान गरेको उल्लेख गरेको छ ।