२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको बाफलबाट ९ बालबालिकाको उद्दार



अ+ अ-

प्रतिकात्मक तस्बिर

काठमाडौं । काठमाडौंको बाफलस्थित नमुना प्रगतिशील महिला समाजबाट ९ बालबालिकालाई उद्दार गरिएको छ । उद्दार गरिएका सबै बालबालिका १२ वर्ष मुनिका छन् ।

बुधबार बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको संयुक्त टोलीले अनुगमन गर्दा नागार्जुन नगरपालिका ४ बाफलस्थित उक्त संस्थामा ९ बालबालिकालाई अवैधानिक रुपमा राखेको पाइएपछि उनिहरुको उद्दार गरिएको हो ।

बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले बालबालिकाको बाल यौन दूराचार भएको सुन्न आएको भन्दै उनले यस विषयमा अनुसन्धान गर्ने जानकारी दिए ।

‘यहाँ बालबालिकाको अवस्था दयनीय देखियो, उनीहरुको कसैले जिम्मा नलिएको देखियो । जिम्मा लिने संस्था सीडीओ कार्यालयमा दर्ता भएको पनि देखिएन’ केसीले भने, ‘एब्युजको कुरा पनि आएको छ, यो गम्भीर हो ।’

संस्थाको रेकर्डमा १५ जना बालबालिका रहेको देखिए पनि संस्थामा ९ जनामात्र भेटिएका छन् । अन्य ६ बालबालिकाबारे खोजी भइरहेको बालबालिका खोजतलास केन्द्रले जनाएको छ ।यता द्वन्द्वपीडित अभिभावककका बालबालिकालाई पढाइदिने भनेर ल्याएको तर पढ्न नपाएको बालबालिकाहरुले बताएका छन् ।