२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैना सुनार हत्या प्रकरण : सेनाले राखेको मेलमिलाप प्रस्ताव परिवारबाट अस्वीकृत



अ+ अ-

काठमाडौं। बहुचर्चित मैना सुनार हत्या प्रकरणमा नेपाली सेनाले राखेको मेलमिलाप प्रस्तावलाई उनका परिवारले अस्वीकार गरेको छ । १६ वर्षअघि नेपाली सेनाले चरम यातना दिएर हत्या गरिएकी काभ्रेकी मैना सुनारको परिवारलाई नेपाली सेनाले मेलमिलापका लागि राखेको प्रस्ताव परिवारले अस्वीकार गरेका हुन् । पहिलोपटक मैनाकी आमा देवी सुनारलाई ४ असारमा नेपाली सेनाले आफूहरूसँग मिल्न प्र्रस्ताव राखेका थिए । पहिलो प्रस्ताव अस्वीकार भएपछि नेपाली सेनाले भद्रकाली बोलाएर दोस्रोपटक प्र्रस्ताव राखेको थियो ।

पहिलोपटक काठमाडौंको तीनकुनेको एक क्याफेमा नेपाली सेनाको कर्णेलले मैनाकी आमा देवी सुनारलाई अहिलेको अवस्था हेरेर मेलमिलाप गर्नुपर्ने प्र्रस्ताव गरेका थिए । मैनाले अध्ययन गरेको काभ्रेको भगवती उच्च माविमा अक्षय कोष खडा गर्ने र मृत्यु भएको नेपाली सेनाको सालिकसँगै उनको शालिक निर्माण गरिदिने प्रस्ताव गरेको थियो । तर, मैनाकी आमा देवीले सो प्रस्ताव आफूले अस्वीकार गरेको राजधानीसँग बताइन् । बहिनी गीतासँग तीनकुने पुगेकी देवीसँग नेपाली सेनाले चार घण्टा कुराकानी भएको उनको भनाइ छ । देवीले न्यायका लागि भइरहेको संघर्ष कमजोर हुने ठानेर उक्त प्रस्ताव अस्वीकार गरेको बताइन् । भेटमा सहभागी सेनाका अधिकारीहरूले उक्त भेट प्रधानसेनापति पूर्णचन्द्र थापाको आग्रहमा गरिएको बताएका थिए ।

‘पहिला बेपत्ता बनाएर हत्या गर्ने अनि अहिले किन भेट्नुपर्ने अवस्था आयो भनेर सुरुमा प्रश्न गरे,’ उनले भनिन्, ‘सेनाको कर्णेलले पहिला जे भयो त्यसमा माफी माग्दै अब मिलौं, हामी मैनाको नाममा केही गर्न चाहन्छौं भनेर प्रस्ताव राखे ।’ विगतको पाठ सिक्दै सुध्रन चाहन्छांै भनेपछि देवीले प्रश्न गरिन्, कसरी सुध्रने ? नेपाली सेनाको कर्णेलले जवाफ दिए, मैनाले पढेको विद्यालय बनाइदिन्छौ । हामीले भवनको डिजाइन पनि बनाइसकेका छौं, अक्षयकोष स्थापना गर्छौ भनेर प्रस्ताव राखे । सो प्रस्ताव उनले सोझै अस्वीकार गरेकी छन् । मेरी छोरीका हत्यारा खुलेआम हिँड्ने अनि म मेलमिलापमा जाने कसरी ?

कर्णेलको कुरा सुनेपछि देवी सुनारले छवि सुधार्ने भए छोरी मैनालाई न्याय हुनेगरी ३ वैशाख २०७३ मा काभ्रे जिल्ला अदालतले गरेको फैसला कार्यान्वयन कहिले पूरा हुन्छ रु छोरी मैनाको हत्या गर्ने अपराधीहरू बाहिर खुलेआम हिँडिरहेका छन्, कागजमा मात्रै न्याय पाएका छौं, वास्तविक न्याय नपाई कसरी मन बुझाउने ? उनले सेनासँग प्रश्न गरिन् ।

देवी सुनारले दोस्रो प्रस्ताव नेपाली सेनाले आफूलाई विपक्षी बनाएर दायर गरेको मुद्दा फिर्ता गर्न भनिन् । सो कुरा नेपाली सेनाले मान्न तयार नभएपछि मैनाको न्याय नपाएसम्म नमिल्ने बताएकी छन् । मुद्दा पनि सेनाले जित्ने, न्याय पनि नपाउने अवस्थामा मिल्न नसक्ने भन्दै नेपाली सेनाको प्रस्ताव अस्वीकार गरेको देवीले राजधानीसँग बताइन् । ४ असारपछि नेपाली सेनाले ११ असारमा मैनाकी आमालाई पुनः मिल्नका लागि प्र्र्रस्ताव गरेको थियो । दोस्रो भेट भने भद्रकालीमा भएको थियो । नेपाली सेनासँगको दोस्रो भेटमा जर्नेल टीका थापासँग भेट भएको उनको भनाइ छ ।

१० वर्षे सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाबाट बलात्कृत भएपछि हत्या गरिएकी काभ्रेकी १५ वर्षीया सुनारको विषय हाल अदालतमा मुद्दा चलिरहेको छ । छोरीका हत्यारालाई कारबाहीको माग गर्दै आमा देवी सुनारले वर्षौंदेखि न्यायको लडाइँ लडिरहेको बताइन् । हाम्रो लागि हत्या भएकी छोरीले न्याय पाउनुभन्दा ठूलो कुरा अरू हुन सक्दैन,’ मैनाकी आमाले भनिन् ।

सेनाले २०६० फागुन ५ गते राति घरबाट लगेर मैनालाई बेपत्ता बनाएको थियो । पछि परिवारका सदस्य र मानवअधिकारकर्मीहरूले खोजबिन गर्दै जाँदा सेनाले पाँचखालस्थित ब्यारेकमा लगेर यातना दिँदै हत्या गरेको खुलेको थियो । वैशाख २०७४ काभ्रे जिल्ला अदालतले मैना सुनार हत्या प्रकरणमा सेनाका कर्नेल बोबी खत्री र क्याप्टेन सुनिलप्रसाद अधिकारी र अमित पुनलाई दोषी ठहर गरेको थियो । अदालतले उनीहरूलाई जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतले आरोप लागेका मेजर निरञ्जन बस्नेतलाई भने निर्दोष ठहर गरेको थियो । उनीमाथि लागेको आरोप पुष्टि हुने पर्याप्त प्रमाण नभेटिएपछि अदालतले यस्तो आदेश दिएको थियो ।

जिल्ला अदालतको फैसलापछि सेनाले २०७४ मा उक्त फैसलाविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो । सेनाले जिल्ला अदालतले फैसला सुनाएका तीनै जना अधिकारीलाई सैनिक अदालतले सजाय गरिसकेको भन्दै रिट हालेको हो । उक्त रिट अहिले पनि जिल्ला अदालतमा विचाराधीन छ ।

जिल्ला अदालतबाट के भएको थियो आदेश

३ वैशाख २०७४ मा काभ्रे जिल्ला अदालतले अवकाश प्राप्त तीन जना सैनिक अधिकृतविरुद्ध जन्मकैदको फैसला सुनाएको थियो । काभ्रे खरेलथोककी १५ वर्षीया मैना सुनारलाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाशप्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिल अधिकारीलाई जिल्ला अदालत काभ्रेले २० वर्ष कैद सजायको फैसला सुनाएपछि नेपाली सेनाले उक्त फैसलाविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो । तत्कालीन काभ्रे जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासबाट तीनैजनालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ ९३० बमोजिम जन्मकैदको सजाय सुनाएको थियो ।

नेपाली सेनाका तर्फबाट कानुन विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कट्वाललाई वारेस राखी सर्वोच्चमा रिट दर्ता गराएका थिए । सो मुद्दामा १९ भदौ २०७४ मा सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाऊ आदेश माग भएको थियो । त्यसपछि १९ कात्तिक २०७४ मा तत्कालीन न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले ‘मैना सुनार प्रकरण’सम्बन्धी मिसिल झिकाउने आदेश गरेको थियोे । दुवै पक्षको सुनुवाइपछि सर्वोच्चले मुद्दाको मिसिल झिकाउने आदेश गरेको थियो । उक्त मुद्दामा दुईपटक मिसिल झिकाउने आदेश भएको छ । त्यसपछि सो मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन शाही नेपाली सेना ९हालको नेपाली सेना०ले काभ्रे खरेलथोककी १५ वर्षकी मैना सुनारको चरम यातना दिएर हत्या गरिएको थियो । मैना स्कुल गइरहेका बेला नेपाली सेनाका १५ जनाको समूहले विद्रोही माओवादी भएको कारण देखाउँदै गिरफ्तार गरी हत्या गरेका थिए । मैनाको हत्यापछि आमा देवी सुनारले किटानी जाहेरी दिएकी थिइन् । आमा देवीको किटानी जाहेरीको आधारमा काभ्रे जिल्ला अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामा काभ्रे जिल्ला अदालतले सैनिक अधिकृतहरूलाई जन्मकैद फैसला सुनाएपछि उक्त मुद्दा बदर गर्न माग गर्दै नेपाली सेनाले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

कसरी भयो मैनाको हत्या

१५ वर्षे मैनालाई ५ फागुन २०६० मा काभ्रे पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका सैनिकले घरमै गएर पक्राउ गरेका थिए । मैनाका आमाबाबुले उनलाई विभिन्न निकायमा निवेदन दिँदै खोजी कार्य जारी राखेका थिए । सेनाले ५ वैशाख २०६१ मा मैनाका परिवारलाई उनको मृत्यु भएको खबर दिएको थियो । २१ मंसिर २०६२ मा मैनाकी आमा देवीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा चारै जनाविरुद्ध जोहरी दिएकी थिइन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संघसंस्थाको दबाबपछि नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रममा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयोग र राष्ट्रिय मानवअधिकार आयोगको प्राविधिक सहयोगमा मैनाको शव ९ चैत २०६३ गते उत्खनन गर्दा कंकाल फेला परेको थियो । मैनाको शव उत्खननपछि भारतमा डीएनए परीक्षण भएको थियो ।

‘सोधपुछको वैकल्पिक उपाय हुँदाहुँदै’ किशोरी मैनालाई चरम यातना दिएर हत्या गरेको तत्कालीन उपरथी किरणशम्शेर जबराको नेतृत्वको सैनिक अदालतकै ‘कोर्ट अफ इन्क्वायरी बोर्ड’ले समेत निष्कर्ष निकालेको थियो । नेपाली सेनाले हत्या अभियोग लागेकालाई सेवाबाट बर्खास्त गर्दै अदालतको पत्राचारपछि प्रहरीलाई बुझाउनुपर्ने प्रावधान छ ।
हत्याको नियत नदेखिए पनि अनुसन्धान र मृत्युपछिको ‘प्रकृति र प्रक्रिया’ गलत भएको ठहर गर्दै सैनिक अदालतले महासेनानी खत्री, सहसेनानीद्वय अधिकारी र पुनलाई दोषी ठहर गरी २३ भदौ २०६२ मा ६ महिना कैद सजाय दिएको उल्लेख गगर्यो । सैनिक अदालतले महासेनानी खत्रीलाई दुई वर्ष तथा सहसेनानी अधिकारी र पुनलाई एक/एक वर्ष बढुवा रोक्का गरेको जनाएको थियो ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।