२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे ५ रोपनी हडपियो



अ+ अ-

काभ्रे । बनेपा–२ का कृष्णराज गिरीले आफ्नो साँधमा रहेको साढे ५ रोपनी सार्वजनिक जग्गा हडपेका छन् । उनले साबिक टुकुचानाला गाविस–८ को कित्ता नं। ३२६ को ५ रोपनी ९ आना आफूखुसी उपभोग गरेका हुन् ।

स्थानीयले काजकिरियाका लागि प्रयोग गर्ने पँधेरोसमेत रहेको जग्गामा गिरीले बाली लगाउँदै आएका थिए । उक्त जग्गा ओगटेका अन्य केही स्थानीयले अहिले छाडिसकेका छन् । तर गिरीले अटेरी गर्दै गत वर्षसम्म बाली लगाउँदै आएका थिए । विवादपछि यसपालि बाँझो छ । उक्त जग्गामा किरियापुत्री भवन तथा गहुँ चुट्ने खला ट्रस निर्माणका लागि बनेपा नगरपालिकाले २ लाख बजेट छुट्याएपछि स्थानीयसँग किचलो परेको हो ।

२०७४ माघ १ गते स्थानीयको भेलाले नीलबहादुर गौतमको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी काम अघि बढाउने क्रममा गिरीसँग विवाद भएको थियो । स्थानीयले ४१ जनाको हस्ताक्षरसहित २०७५ जेठ २६ गते जग्गा संरक्षण गर्न बनेपा नगरपालिका–२ को ध्यानाकर्षण गराएपछि अमिन खटाइएको थियो । अमिन विपिन दुलालले लालपुर्जाअनुसारको जग्गा सार्वजनिक भएको निष्कर्षसहित प्रतिवेदन बुझाएका थिए ।

स्थानीयसँग पुनः विवाद भएपछि साँधसिमाना यकिन गर्न गिरीले नै नापी कार्यालयमा निवेदन दिएका थिए । सर्वेक्षक विजयकुमार मानन्धरले २०७५ जेठ १६ गते बुझाएको प्रतिवेदनमा पनि गिरीले सार्वजनिक जग्गा प्रयोग गर्दै आएको यकिन गरिएको छ । नापी कार्यालय काभ्रेका नापी अधिकृत सुरेश मानन्धरले कित्ता नं। ३२६ सार्वजनिक जग्गा भएकाले व्यक्तिले प्रयोग गर्न नमिल्ने बताए ।

गिरी मुद्दामा गएपछि जिल्ला अदालत भक्तपुरमा कार्यरत सर्भेक्षक जीवन कार्कीले भने गिरीको १७ आना जग्गा सार्वजनिक जग्गामा परेको भन्दै फरक प्रतिवेदन दिएका छन् । उनले कित्ता नम्बर ३२८ को ०–१२–३–१र२ र कित्ता नम्बर ३२९ को ४–४–३–० समेत गरी ५ रोपनी १ आना २ दाम १र२ पैसा जग्गामध्ये १७ आना कित्ता नं. ३२६ मा परेको उल्लेख गरेका हुन् ।

नगरपालिका, दुई निजी क्षेत्रका अमिन र नापी कार्यालयको भन्दा फरक र सार्वजनिक जग्गा व्यक्तिको नाममा पार्ने गरी आएको भन्दै स्थानीयले उक्त प्रतिवेदन नस्विकार्ने सर्जिमिन गरेका छन् । गिरीले स्थानीयले आफ्नो २ रोपनी जग्गामा डोजर लगाई लुटपिट गरेको भन्दै उजुरी दिएका थिए ।

गिरीले आफ्नो लालपुर्जा अनुसारको जग्गा पाउनुपर्ने भन्दै सार्वजनिक जग्गा नमिचेको दाबी गरे । ‘लालपुर्जामा भएको जग्गा मैले पाउनुपर्‍यो, मैले सार्वजनिक जग्गा मिचेको छैन,’ उनले भने, ‘नगरपालिका र नापी कार्यालयका सर्भेक्षकले नापेको चित्त नबुझेकाले अदालत गएको हुँ ।’ स्थानीयले नगरपालिका र नापी कार्यालयको रेकर्ड र प्रतिवेदनअनुसार डोजर लगाएको दाबी गरे । उनीहरूले सार्वजनिक जग्गा संरक्षण गर्न पुनः नापीका लागि नगरपालिका, मालपोतलगायत कार्यालयमा उजुरी दिएका छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।