२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रान्सफर्मरको समान चोरी : ४०० परिवारको खानेपानी आपूर्ति बन्द



अ+ अ-

रामेछाप । रामेछापको भीरपानीमा खानेपानी आयोजनाको लिफ्टका लागि जडान गरिएको विद्युत् ट्रान्सफर्मरका समान चोरि भएपछि स्थानीयको घरमा खानेपानी आपूर्ति बन्द भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर सीताराम यादवका अनुसार उक्त आयोजनाबाट ४ सय परिवारलाई खानेपानी आपूर्ति हुँदै आएको थियो । गत राति विद्युत् आपूर्ति भएकै बेला ट्रान्सफर्मरको समान चोरी भएको हो ।

उक्त ट्रान्सफर्मर झन्डै ६ महिनाअघि मात्र खानेपानी योजनाअन्तर्गत जडान गरिएको थियो । विद्युत् ट्रान्सफर्मरमार्फत् भीरपानीका विभिन्न वडामा पानी लिफ्ट गरेर वितरण हुन्थ्यो । ‘मंगलबारदेखि खानेपानी वितरण बन्द भयो,’ उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर केसीले भने । उनले ट्रान्सफर्मरका सामग्री चोरी भएको बारेमा खानेपानी डिभिजन र प्रहरी प्रशासनलाई खबर गरेको बताए ।

बत्ती आइरहेको बेलामा ट्रान्सफर्मरमा गएको लाइन काटेर समान चोरी गर्ने गिरोह प्राविधिक सिपले निपुर्ण नभई अन्यले नसक्ने भएकाले सोहीअनुसार खोजी तीव्र पारिएको केसीले बताए । ट्रान्सफर्मरका सामग्री झिकेर चोरले बाहिरको कभर मात्र बाँकी राखेको छ । तेल र तामाको तार झिकिएको छ । सय केभीएको ट्रान्सफर्मरभित्र एक क्विन्टलभन्दा बढी तामाको तार हुन्छ । तेल र तार कवाडीलाई बिक्री गर्दा ३ देखि ४ लाखसम्म कमाइ हुने भएकाले विद्युत् चोरहरूको निसानामा ट्रान्सफर्मर पर्ने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उक्त क्षमताको ट्रान्सफर्मर नयाँ खरिद गरी जडान गर्न करिब ८ लाख रुपैया लाग्ने प्राधिकरणका निमित्त प्रमुख तीर्थ आचार्यले बताए ।

केही दिनअघि रामेछापको फुलासीमा रहेको धारापानीमा समेत ट्रान्सफर्मरका सामग्री चोरी भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर यादवले जनाए । चोरिएको उक्त सामग्री अझै पत्ता लागेको छैन ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोषकुमार भट्टराईले ट्रान्सफर्मर सामग्री चोरी गर्ने गिरोह नै संलग्न भएको अनुमान गरिएको बताए । ‘हामीले सबै नाकामा चेकजाँचलाई कडाइ गरेका छौं,’ भट्टराईले भने । भीरपानीको डब्खा गाउँनजिकै एकान्त खोलामा सय केभीएको ट्रान्सफर्मर जडित थियो । उक्त स्थान बस्तीभन्दा केही कोल्टे पर्छ । ट्रान्सफर्मर भएको स्थानमा चौकीदार बस्दैनथे ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।