८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयक तत्काल संसदमा पेश गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दिएका निर्देशनअनुसार बनाउनुपर्ने विधेयक तत्काल संसदमा पेश गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । 

बिहीवार सिंहदरवारमा भएको समितिको बैठकले समितिले विभिन्न मितिमा दिएको निर्देशनअनुसार बनाउनु पर्ने विधेयकहरु प्रतिनिधिसभाको बैठकमा पेश गर्न निर्देशन दिएको हो । बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले सरकारी निकायहरुले बजेट निकासा गरी आ–आफ्नो भवन निर्माण गर्दा वातावरण लगायत विविध क्षेत्रमा नकारात्मक असर परेको र मापदण्ड बमोजिम नगरेकोले शहरी विकास मन्त्रालयबाट नै मापदण्ड र गुणस्तरयुक्त भवन निर्माणको व्यवस्था गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभयो ।

सभापति खड्काकाअनुसार परिवर्तित राजनीतिक परिवेशमा नागरिकको विकासप्रतिको तीव्र चाहना, सम्बोधन गर्न विभिन्न शीर्षकहरुमा छरिएर रहेका बजेट अभावका कारणले अलपत्र परेका आयोजनाहरु तत्काल पहिचान गरी व्यवस्थित शहरीकरणको अवधारणाअनुरुप नागरिकले अनुभूत गर्ने किसिमको विकासका आयोजनाहरु अघि बढाउन पनि समितिले निर्देशन दिएको छ ।

सभापति खड्काले भन्नुभयो, ‘नेपाल सरकारका सरकारी भवन तथा कार्यालयहरु शहरी विकास मन्त्रालयबाट निर्माण हुनेगरी नीतिगत निर्णय भएकोमा हालसम्बद्ध सरकारी निकायहरुले नै बजेट निकासा गरी आ–आफ्नो भवन निर्माण गर्दा त्यसले वातावरण  लगायत विविध क्षेत्रमा नकारात्मक असर परेको र मापदण्ड बमोजिम नगरेको देखिएकोले आगामी दिनमा यस्तो प्रवृत्तिलाई निरुत्साहीत गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालयबाटनै मापदण्ड र गुणस्तरयुक्त रुपमा सरकारी भवन निर्माण गर्ने जिम्मेवारी पूर्णरुपमा कार्यान्वयन गर्ने व्यवस्था हुनेगरी काम गर्न समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयलाई निर्देशन दिन्छ । परिवर्तित राजनीतिक परिवेशमा नागरिकको विकासप्रतिको तीव्र चाहना सम्बोधन गर्न विभिन्न शीर्षकहरुमा छरिएर रहेका बजेट अभावका कारणले अलपत्र परेका आयोजनाहरु तत्काल पहिचान गरी व्यवस्थित शहरीकरणको अवधारणा अनुरुप नागरिकले अनुभूत गर्ने किसिमको विकासका आयोजनाहरु अघि बढाउन समिति नेपाल सरकार तथा शहरी विकास मन्त्रालयलाई निर्देशन दिन्छ । शहरी विकास मन्त्रालयले नयाँ शहर मेगा सिटी, स्मल सिटी, मेट्रो सिटी, एकीकृत नमूना बस्ती लगायतका सम्बन्धमा अघि बढाइएको कार्ययोजना बारेमा बिस्तृत छलफल गर्नका लागि शहरी विकास मन्त्रालयको तर्फबाट समितिका सम्पूर्ण माननीय सदस्यहरु एवं कर्मचारीहरुलाई यही पुस महिनाभित्र सम्पन्न गर्नेगरी आवाशीय कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ । समितिले विभिन्न मितिमा दिएको निर्देशनअनुरुप शहरी विकास मन्त्रालयबाट तर्जुमा हुने विधेयकहरु तत्काल संसदमा पेश गर्न समिति शहरी विकास मन्त्रालयलाई निर्देशन गर्छ ।’

सभापति खड्काले शहरी विकास मन्त्रालयले नयाँ शहर मेगा सिटी, स्मल सिटी, मेट्रो सिटी, एकीकृत नमूना बस्ती लगायतका सम्बन्धमा अघि बढाइएको कार्ययोजना बारेमा बिस्तृत छलफल गर्नका लागि समितिका सदस्यहरु एवं कर्मचारीहरुलाई पुस महिनाभित्र सम्पन्न गर्नेगरी आवाशीय कार्यशाला गोष्ठी गर्ने पनि बताउनु भयो ।