२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

के तपाई स्याउ खानुहुन्छ ? एक पटक पढ्नुहोस्



अ+ अ-

काठमाडौं । यदि तपाईं अतिरिक्त फाइबरका लागि स्याउ खानुहुन्छ भने तपाईं १० करोड ब्याक्टेरिया पनि निलिरहनु भएको छ। यी ब्याक्टेरिया हानिकारक वा लाभदायक कस्तो हो भन्ने कुरा स्याउको पैदावार कसरी भएको हो त्यसमा निर्भर गर्छ ।

शोधकर्ताहरुका अनुसार स्याउमा अधिकांश ब्याक्टेरिया हुन्छ, तर यो कस्तो स्याउ हो त्यसमा निर्भर हुन्छ वा यो अर्गानिक हो। जैविकरूपमा उब्जाएका स्याउमा परम्परागतरूपमा फलाएका स्याउको तुलना विविध प्रकार र सन्तुलित ब्याक्टेरिया हुने गर्छ जसले उसलाई स्वस्थकर र स्वादिष्ट बनाइरहेको हुन्छ। अष्ट्रियाको ग्रेज युनिभर्सिटी अफ टेक्नोलोजीका प्रोफेसर गेबरियल बर्गले बताए, ब्याक्टेरिया, ढुसी, र भाइरस भोजनको माध्यमबाट हाम्रो आन्द्रासम्म पुग्छन्। भोजन पकाउनेक्रममा धेरैजसो यिनीहरू मारिन्छन् । त्यसैले फल वा काँचो सागसब्जी विशेषरूपमा आन्द्रामा ब्याक्टेरियाका लागि महत्वपुर्ण स्रोत हुन् ।

माइक्रोबायलोजी सम्बन्धी र्जनल फ्रन्टियरमा प्रकाशित अध्ययनमा परम्परागतरूपमा भण्डार गरिएको र बजारबाट खरिद गरिएका स्याउ र ताजा अर्गानिक स्याउ बीच ब्याक्टेरियाको तुलना गरिएको थियो । यसमा परम्परागत र अर्गानिक दुवै प्रकारका स्याउको विश्लेषणमा दुवैमा ब्याक्टेरिया संख्या समान थियो । बेगले भने ९ प्रत्येक स्याउका प्रकारलाई औसतरूपमा एक साथ राख्दा २ सय ४० ग्रामको स्याउमा करिब १० करोड ब्याक्टेरिया हुने गरेको छ। ती मध्ये अधिकांश ब्याक्टेरिया बीउमा पाइयो र अन्य स्याउको बाँकी फ्लेसमा भेटियो। यदि स्याउको बीउ रहेको हिस्सा हटाउने हो भने ब्याक्टेरियाको संख्यामा १ करोड सम्म कमी हुनेछ ।

ताजा र जैविकरूपमा प्रतिबन्धित स्याउमा परम्परागतरूपमा प्रतिबन्धित स्याउको तुलनामा उल्लेखनीयरूपमा धेरै विविधता ,समान र विशिष्ट ब्याक्टेरियाको समूह पाइने गरेको बेगले बताए । स्वास्थ्यमा सम्भावितरूपमा असर पुर्याउने ब्याक्टेरियाकारूपमा चिनिने विशिष्ट समूहको पनि मुल्यांकन जैविक स्याउको पक्षमा गरिएको हो । शोधकर्ताका अनुसार रोग उत्पन्न गराउने ब्याक्टेरियाकारूपमा चिनिने समूह (इसचेरिचिया) परम्परागत स्याउको नमुनामा भेटिएको तर जैविक स्याउमा यसको उपस्थिति थिएन ।




भर्खरै