२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदीमाथि आइलाग्यो बज्रपात !



अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिमाथि अर्काे बज्रपात आइलागेको छ । प्रधानमन्त्री मोदिका पूर्वअर्थमन्त्री अरुण जेटलीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।

भारतीय संचार माध्यमहरूका अनुसार जेटलीको अवस्था स्थिर छ। उनी शुक्रबार बिहान ११ बजेदेखि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन्। उनलाई आइसियूमा राखेर उपचार भइरहेको बताइएको छ।

पछिल्लो समय स्वास्थ्यमा देखिएको समस्याका कारण उनले मोदीको दोस्रो कार्यकालमा मन्त्री बन्न अस्वीकार गरेका थिए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेर स्वास्थ्यमा आएको समस्याका कारण मन्त्री मण्डलमा सामेल हुन नसक्ने जनाकारी गराएका थिए।

अघिल्लो वर्ष जेट्लीको किड्नी प्रत्यारोपण भएको थियो। त्यसपछि उनको बाँया खुट्टामा सफ्ट टिस्यू क्यान्सर भएपछि यसै वर्षको जनवरीमा थप उपचारको लागि अमेरिका गएका उनी फेव्रुअरीमा भारत फर्किएका थिए।