२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले भारतसँगको व्यापारीक सम्बन्ध तोड्यो



अ+ अ-

जम्मू कश्मीरमा राजनीतिक तनाव उत्पन्न भइरहेका बेला पाकिस्तानले भारतसँगको व्यापारीक सम्बन्ध तोडेको छ । जम्मू कश्मीरको विषयमा भारतीय सरकारले चालेको कदमको विरोध गरिरहेको पाकिस्तानले दुई देशबीचको कुटनीतिक सम्बन्ध कमजोर बनेको अन्तर्राष्ट्रिय सञ्चामाध्यहरुले जनाएका छन् ।

जम्मू कश्मीरमा राजनीतिक तनाव उत्पन्न भएलगत्तै पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्च आयुक्तलाई निकाला गर्र्ने निर्णय गरेको बिबिसीले जनाएको छ । विवादसँगै भारतका लागि नवनियुक्त पाकिस्तानी उच्च आयुक्तले पनि जिम्मेवारी नसम्हाल्ने बताइएको छ ।

प्रधानमन्त्री खानले यो विषय संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा समेत प्रतिवाद गर्ने बताइसकेका छन् । पाकिस्तान र भारतबीचको कुटनीतिक सम्बन्ध यसअघि सन् १९६५ र १९७१ मा पनि तोडिएको थियो ।