२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखकी छोरी सुहानाको डेब्यू पक्का



अ+ अ-

बलिउडका किङ खान अर्थात शाहरुख खान र गौरी खानकी छोरी सुहाना खान बलिउडमा डेब्यू गर्ने चर्चा लामो समयदेखि चलिरहेको छ ।

उनै सुहानाको पछिल्ला केही दिनहरुमा एउटा तस्वीर भाइरल भैरहेको थियो, जसमा उनी डान्स गरेको देखिएको थियो । उक्त तस्वीरबाट के अनुमान लगाइएको थियो भने उनी चाँडै नै बलिउडमा प्रवेश गर्न सक्नेछिन् ।

सुहानाले डेब्यू गर्ने फिल्मको पोस्टर सार्वजनिक भैसकेको छ । पोस्टरका अनुसार उक्त फिल्म एउटा सर्ट फिल्म हुनेछ । उक्त सर्ट फिल्मको नाम हो ‘द ग्रेट पार्ट अफ ब्लू’ ।

सुहानाको उक्त फिल्मलाई उनकै क्लासमेट थियोडोर जिमेनोले निर्देशन गरेका हुन् । फिल्मको पोस्टरले सुहानाका प्रसंशकहरुको एक्साइटमेन्टलाई निकै बढाइदिएको छ ।

सुहानाको पोस्टरका अतिरिक्त फिल्मको अर्को एउटा पोस्टर पनि सार्वजनिक गरिएको छ, जसमा रोबिन गोन्नेल्ला उनको सह–कलाकारको रुपमा देखिने छन् ।




भर्खरै