२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्सको राष्ट्रपतिका उम्मेदवार गो द्वारा उम्मेदवारी फिर्ता



अ+ अ-

मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेका लामो समयदेखिका सल्लाहकार क्रिश्टोफर गोले राष्ट्रपतिका लागि दिएको उम्मेदवारी फिर्ता लिनु भएको छ । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपतिका लागि प्रतिश्पर्धा गर्न लाग्नु भएका उहाँले प्रतिश्पर्धाबाट पछाडि हट्ने निर्णय गर्नु भएको हो ।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार ४७ वषीय गोले आफ्नो प्रतिश्पर्धाको मैदानमा नरहेको जानकारी गराउनु भएको स्पष्ट पारेका छन् ।उहाँले अहिलेसम्म आफूलाई सहयोग, समर्थन र हौसला प्रदान गर्ने सवैप्रति आभार प्रकट गर्नु भएको समाचारमा जनाइएको छ ।

उहाँले सुरुमा उपराष्ट्रपति पदका लागि उम्मेदवार दिएपनि पार्टीको निर्णयका आधारमा पछि राष्ट्रपतिमा उम्मेदवारी दिनु भएको थियो । राष्ट्रपति डुटेर्टे नेतृत्वको पार्टीकै निर्णयका आधारमा उहाँले उम्मेदवारी फिर्ता लिनु भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले अब राष्ट्रपतिमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने बारेमा अहिलेसम्म स्पष्ट नपर्नु भएको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)