२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मोबाइल चलाउहुन्छ, सवधान !



अ+ अ-

काठमाडौं । धेरै मोबाइल चलाउने बानीले बाटोमा हिँड्दा एक-अर्कासँग ठोकिने खतरा मात्र होइन, यसले हाम्रो घाँटी र गर्दनमा हानिकारक मात्रामा तौल सृजना गरी नकारत्मक असर पुर्याउने वैज्ञानिकहरुले बताएका छन् ।

सर्जिकल टेक्नोलोजी इन्टरनेसनलमा प्रकाशित एक जर्नलका अनुसार हामीले मोबाइलमा निहुरेर चलाउँदा हाम्रो गर्दनमा २७ केजी बराबर तौलको असर परिरहेको छ । निहुरेर मोबाइल चलाइराख्नु भनेको हाम्रो घाँटीमा २७ केजी तौल राखेर झुण्डाइरहनु बराबर रहेको वैज्ञानिकहरु बताउँछन् ।यस विषयमा अध्धयन गरेका मेरुदण्ड र हाडका सर्जन डाक्टर केनेथ हन्सराज भन्छन्, ‘अहिले स्मार्टफोनका कारण मानिसहरुले लामो समयसम्म मोबाइलमा झुण्डिने गरेका छन् ।

यसले उनीहरुको घाँटी र ढाडमा समस्या देखिने गरेका छन् ।’ ‘जता गयो त्यहीँ मानिसहरु निहुरेर मोबाइल चलाइरहेका हुन्छन्। विशेष गरेर यो बानी ‘महामारी’ जस्तै युवाहरुमा देखिएको छ,’ उनी भन्छन् ।हामीले मोबाइल फोन चलाउँदा बनाउने घाँटीको कोणले त्यस भागमा अतिरिक्त भार पर्ने उनी बताउँछन् ।

हाम्रो टाउकोको औसत तौल ५ केजी रहे पनि मोबाइल चलाउँदा बनाइने ६० डिग्रीको कोणले २२ केजी थप भार थप्ने उनले बताए ।‘यसरी हाम्रो गर्दनमा अतिरिक्त भार पर्नाले मासुहरु च्यातिने, हड्डी खिइने र अन्त्यमा अपरेसनसम्म गर्नुपर्ने स्थिति आउन सक्छन्,’ हन्सराज भन्छन् । यसबाट बच्नका लागि उनी सजिलो उपाय पनि सुझाउँछन् ।

‘यसबाट आँखाकै लेभलमा मोबाइल ल्याउनुपर्दैन । लामो समयसम्म निहुरेर मोबाइल नचलाए पुग्छ ।’ त्यस्तै समय समयमा आफ्नो कुमले कान छुने व्यायाम वा टाउकालाई हातले ठेल्ने र गर्दनलाई ढाड भएकोतिर लाने व्यायाम गर्न उनी सुझाव दिन्छन् ।