२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केटाहरु किन कन्डम प्रयोग गर्न मान्दैनन् ? खास कुरा यस्तो !



अ+ अ-

काठमाडौं । एक अध्ययनले युवाले यौन सम्पर्कको समयमा कन्डमको प्रयोग गर्ने रुचिमा कमी आएको देखाएको छ।

अमेरीकाको इन्डियाना विश्वविद्यालयले गरेको एक अध्ययनले युवामा कन्डमको प्रयोग गर्नुपर्छ भन्ने मानसिकता घट्दै गएको देखाएको हो। सन् २००२ देखि २०१० सम्ममा आफ्नो पहिलो यौन सम्पर्कको समयमा करिब ८० प्रतिशत युवाले कन्डमको प्रयोग गर्ने बताएका थिए। तर हालै गरिएको अध्ययनले सो संख्या घटेको देखाएको छ।

उक्त अनुसन्धानका प्रमुख डेबी हेर्बिनिकले युवामा कन्डमको बारेमा गलत धारणा रहेको तथा उनीहरुमा गर्भ रोक्न मात्र कन्डम प्रयोग हुने बुझाइ रहेको बताइन्। साथै उनले युवाहरुमा यौन सम्पर्कको समयमा कन्डमको प्रयोग गर्दा पूर्ण रुपमा सन्तुष्टी पाइँदैन भन्ने गलत धारणा रहेको बताइन्।

‘कन्डम गर्भ रोक्न मात्र प्रयोग गर्ने होइन, अहिले महिलाहरु असुरक्षित गर्भ रोक्न पिल्स तथा अन्य गर्भ निरोधक साधन प्रयोग गर्छन् जुन राम्रो पक्ष हो, तर कन्डमको प्रयोगले अन्य यौन रोग सर्न दिँदैन,’ उनले भनिन्। उनले आफ्नो यौन साथीमा कुनै यौन रोग भए नभएको थहाँ नहुने भएकाले कन्डमको प्रयोग अत्यन्तै जरुरी भएको बताइन्।

उनले युवामा भएको अश्लिल चलचित्र हेर्ने बानीका कारण पनि कन्डमको प्रयोग घटेको हो। उनले भनिन् ‘अहिले धेरै युवाहरुले अश्लिल चलचित्र हेरेर यौन जीवनका बारेमा जानकारी लिन्छन्, उनीहरुले त्यहाँ यौन सम्पर्कको समयमा कन्डमको प्रयोग भएको देख्दैनन् र परिणाम स्वरुप उनीहरु पनि कन्डम प्रयोग गर्न रुचाउँदैनन्,’ उनले भनिन्, ‘म सधै युवाले कन्डमको प्रयोग गरोस् भन्ने चहान्न तर आफ्नो पार्टनरभन्दा दोस्रो महिलासँग यौन सम्पर्क राख्ने हो भने कन्डमको प्रयोग गर्नु अत्यन्त जरुरी छ।




भर्खरै