२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपनामा मरेको मान्छे देखिएमा के हुन्छ ? बाहिरी यस्तो तथ्य !



अ+ अ-

काठमाडौं । जीवन र मरण , जीवनको सबभन्दा ठूलो सत्य हो । तर सपनामा कतै मरेको मान्छे त देख्नु भको छ ? नआत्तिनुहोस् ,उनीहरू हाम्रो हितका लागि देखापर्छन् । जन्मेपछि मर्नैपर्छ , यो संसारको रित नै हो। यसलाई कसैले बदल्न सकिदैन। मरिसकेका आफ्ना आफन्तहरु कहिलेकाहीँ सपनामा आउँछन् ।

यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् । आउनुहोस जानौं सपना विज्ञहरु यसो भन्छन् , उनीहरू हाम्रो हितका लागि देखापर्छन् ।

१. सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ ।

२. यस्ता सपनाहरूमा उठ्ने भावना तीव्र र ज्वलन्त हुन्छन् । सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ । कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन । यस्ता सपनाको प्रभाव केही क्षणदेखि धेरै वर्षसम्म रहन सक्छ ।

३. यस्ता सपनामा देखिने परिचित व्यक्ति जीवनमा बिरामी थिए वा बिरामीकै कारण मरेका हुन् भने पनि स्वस्थ देखिन्छन् । सपनामा देखिने उनीहरूको अनुहार तेजिलो देखिन्छ ।

४. मृत परिचितले सपना देख्ने मान्छेलाई आफू जहाँ भएपनि खुशी भएको आश्वासन दिन्छन् । तिमी पनि खुशी भएर बस भनी उनीहरू बताउँछन् । सपनामा आउने मृत प्रियजनले जीवनमा आउने ठूलो समस्याका बारेमा सावधान गराउँछन् । जीवनका महत्वपूर्ण फैसलामा उनीहरू निर्देशन दिन पनि आउँछन् ।

५.सपनामा आउनेले कहिलेपनि आफ्नो कुरा शब्दमा व्यक्त गर्दैनन् । इशारा र हाउभाउबाट आफ्नो कुरा बताउँछन् । इशारालाई बुझ्न सपना देख्नेलाई गाह्रो हुँदैन ।

६. यस्तो सपना देख्ने व्यक्तिले आफूमा सकारात्मक ऊर्जा आएको महसूस गर्छ । दुःखबाट मुक्ति पाउन मद्दत गर्छ यस्तो सपनाले । जीवनमै परिवर्तन आउन सक्छ यस्तो सपना देखेपछि ।

७. भौतिक शरीर छोडेर जाने हाम्रा प्रियजन हाम्रो सपनामा झुल्किने भनी अध्यात्म र मनोविज्ञान दुवैमा उल्लेख गरिएको छ । उनीहरू हाम्रो हितका लागि देखापर्छन् । हामीले त उनीहरूको इशारा बुझे पुग्छ ।




भर्खरै