२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको फेरि दादागिरी, पुलको बहानामा यस्तो उत्पात



अ+ अ-

विराटनगर । भारतले बाढीका कारण मिरगञ्ज पुल कमजोर भएको बहना बनाउँदै जोगबनी नाकाबाट नेपालतर्फ हुने आयातमा अवरोध गरेको छ ।

जोगबनीबाट ४ किलोमिटर टाढा रहेको पुल हुँदै गत शनिबारदेखि मालबहाक सवारीसाधन नेपाल भित्रन पाएका छैनन्। जोगबनी नाकाबाट हुने आयातमा यो पुलको विकल्प छैन। निरन्तरको वर्षासँगैको बाढीले पुललाई ठूलो असर गरेको बहाना बनाएर भारतीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भन्दै मिरगञ्ज पुलबाट नेपालतर्फ आउने सवारीसाधन प्रवेशमा रोक लगाएको हो।

मालबहाक सवारीसाधन आवतजावत हुन नसक्दा विराटनगर भन्सार ठप्प जस्तै बनेको छ। मिरगञ्ज पुल कटिसकेका र भारतीय आईसीपीमा रहेका एक(दुईवटा मालबहाक सवारीसाधन मात्रै नेपाल प्रवेश गरिरहेको विराटनगर भन्सारका अधिकृत एवं सूचना अधिकारी मनिराम पौडेलले जानकार दिए।

बढी भार भएका गाडीका कारण बाढीले कमजोर बनेको पुलमा क्षति पुग्न सक्ने दाबी भारतीय पक्षको रहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ। भारतीय पक्षले पुलमा ठूला सवारीसाधन आवतजावतमा रोक लगाएर शनिबारदेखि भन्सार नाका ठप्प हुँदा विराटनगर भन्सारको राजस्व असुली प्रभावित बनेको पौडेलले बताए। पुलबाट गाडी आवतजावत गर्ने वातावरण मिलाइ दिन भारतीय पक्षसँग आग्रह गरिरहेको उनले बताए। उनले भारतले पुलमा पूर्णरूपमा रोक लगाएपछि भारत तथा तेस्रो मुलुकबाट हुने आयात र नेपालबाट हुने निर्यात प्रभावित बनेको जानकारी दिए।

भारतीय अवरोधका कारण खाली गाडीसमेत पठाउन नपाइएको पौडेलले बताए। नेपाल र भारत सरकारको प्राथमिकतामा यो पुल नपर्दा सधैं दुःख र कष्ट भोग्न उद्योगी व्यवसायी बाध्य हुनु परेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश– १ का उपाध्यक्ष राजेन्द्र राउतले बताए। राउतले यो वा त्यो बहानामा भारतले अवरोध गरिरहने भएका कारण मिरगञ्ज पुलको विकल्प तत्काल खोजिनुपर्ने सुझाव दिए। राउतका अनुसार भारतीय पक्षले पुलमा अवरोध गरिदिन साथ आयात ठप्प हुन्छ।

यसको विकल्पका रूपमा सुनसरीको भण्टाबारी नाका प्रयोग गर्नुपर्ने अवस्था आयो भने त्यसोभन्दा दुर्भाग्यपूर्ण अरु केही नहुने उद्योगी व्यवसायीको भनाइ छ। भण्टाबारीबाट आयात गर्दा ठूलो समस्या बेहोर्नु पर्ने र ढुवानी भाडा पनि महँगो पर्ने राउतले बताए। २०७४ सालको भीषण बाढीले क्षति पुगेको सो पुलबाट पछिल्लो समय ४० मेट्रिक टनसम्मका सवारीसाधन मात्रै भित्रन दिने गरिएको थियो। त्यसभन्दा बढी तौलसहित मालसमानको सवारीसाधन सुनसरीको भण्टावारी हुँदै भित्रने गरेका थिए।

भारतबाट जोगवनी नाका हुँदै दैनिक तीन सय ५० बढी मालवहाक सवारीसाधन नेपाल भित्रिने गरेका छन्। यसबाट दैनिक करिब १५ करोड रुपैयाँ बढी राजस्व संकलन हुने गरेको भन्सारले जनाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।