२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा मेलम्चीको पानी नआउने, हाकिमको यस्तो छ धन्दा



अ+ अ-

काठमाडौं । सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५। तर, खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रूपमा ठेकेदारलाई भगाए। आयोजनाले ठेकेदारलाई दिनै पर्ने भुक्तानी नदिएर भगाइएको थियो।

ठेकेदारले काम छाडेको सात महिनासम्म कुनै काम सुरु भएको छैन। अझै मेलम्ची कति वर्षपछि आउँछ त्यो निश्चित छैन। मेलम्चीको पानी उपत्यकामा नआए पनि ट्यांकर र जारबाट पानी आपूर्ति गर्दै आएका व्यापारीलाई भने दीर्घ लाभ प्राप्त हुँदै आएको छ। कांग्रेस नेता प्रकाशमान सिंहले आफू भौतिक योजनामन्त्री हुँदा मेलम्चीका सन्दर्भमा एक कार्यक्रममा भनेका थिए, ‘यो मेलम्ची छिटो उपत्यकामा आयो भने मिनरल वाटर (पानी व्यापारी)वाला आगो (क्रूद्ध) हुन्छन् होला।’

उपत्यकामा वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढीको पानी व्यापार हुने गर्छ। विगतमा लोडसेडिङ हट्न नदिन इन्भर्टर व्यापारी जसरी लागेका थिए त्यसरी नै उपत्यकामा मेलम्चीको पानी ल्याउन नदिन पानी व्यापारी लागिपरेको प्रमाण भेटिएको छ। खानेपानी व्यापारमा संलग्न व्यापारी मात्र होइन, सरकारी अधिकारी पनि संलग्न पाइएको छ। आयोजनाका कार्यकारी निर्देशक कँडेल आफैं बोतल, जार र ट्यांकरबाट विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पानी आपूर्ति गर्ने उद्योग चलाएर बसेका छन्।

कँडेलले पत्नी अञ्जु खड्काका नममा क्रिस्टल आक्वा सर्भिसेस प्रालिको व्यवसाय गर्दै आएका छन्। उनको कम्पनीमा अन्य सञ्चालकमा सम्झना बाँस्कोटा, इन्दिरा चौलागाईं र साधना तिवारी बराबर हिस्सेदार छन्। कम्पनी रजिस्ट्रार कार्यालयमा २०६६ माघ १० गते दर्ता भएको कम्पनीको दर्ता नम्बर ६९८१२–५ छ।

अचम्म त के छ भने खानेपानी व्यापारमा संलग्न व्यक्ति कसरी आयोजनामा कार्यकारी प्रमुख भए ? कँडेल गत वर्षको असार ३ देखि आयोजना प्रमुखका रूपमा कार्यरत छन्। उनी उपत्यकाभर खानेपानी आपूर्ति गर्ने सरकारी निकाय काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०का अध्यक्षसमेत भए। उनी केयूकेएलका सञ्चालक समिति सदस्य छन्। पुनः अध्यक्ष बन्न दौडधुप गरिरहेका छन्। केयूकेएलको नियमावलीअनुसार व्यापार/व्यवसाय गरेको, केयूकेएलसँग व्यापारिक स्वार्थ भएको व्यक्ति यसको सञ्चालक समिति सदस्यका लागि अयोग्य मानिन्छ। कानुनतः अयोग्य हुँदाहुँदै कँडेल पदाधिकारीमा मनोनीत हुन सफल भए।

कँडेलले पत्नीका नाममा व्यवसाय सञ्चालन गरे पनि विभिन्न सरकारी निकायमा पानी आपूर्ति गर्ने जाँचोपाँजो भने आफैंले मिलाएका छन्। उनी आफैं हाकिम भएको मेलम्ची खानेपानी आयोजनामा उनकै कम्पनीले जार र ट्यांकरको पानी आपूर्ति गर्ने गरेको अन्नपूर्णले फेला परेको छ। उनको कम्पनीको पानी अन्य कम्पनीको तुलनामा प्रतिजार २० रुपैयाँ महँगो छ।

क्रिस्टल आक्वाले मेलम्ची खानेपानीबाहेक, खानेपानी विभाग, पशुपति क्षेत्र विकास कोष, श्रम विभाग र मेलम्ची उपयोजना (पीआईडी)मा पनि पानी आपूर्ति गर्दै आएको छ।

आयोजना प्रमुख कँडेलले व्यक्तिगत रूपमा व्यवसाय गर्न आफ्नो परिवार स्वतन्त्र रहेको बताए। परिवारले व्यवसाय गरे पनि मेलम्ची आयोजना प्रमुखका हैसियतमा आफूले कतै प्रभावित नपारेको पनि उनले उल्लेख गरे। ‘यो (पानी व्यवसाय) स्वार्थको टकराव ममा लागू हुँदैन’, उनले भने, ‘घरका सदस्य जुन व्यवसायमा संलग्न भए पनि मचाहिँ कहीं कतै आबद्ध छैन। म रातदिन यही मेलम्चीमा लागिपरेको छु।’

उपत्यकामा जारमार्फत दैनिक २० लाख लिटर र बोतलबाट साढे २ लाख लिटर पानी आपूर्ति हुने गर्छ। केयूकेएलका अनुसार उपत्यकामा खानेपानीको दैनिक माग साढे ४१ करोड लिटर छ। आपूर्ति भने १० करोड ७२ लाख लिटर मात्र छ। उपत्यकामा ट्यांकरबाट मात्रै दैनिक ५ करोड लिटर पानी बिक्री हुने गरेको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्काशित छ ।