२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी र पहिरोमा मर्नेको संख्या ६०, ३५ अझै बेपत्ता



अ+ अ-

काठमाडौ । केहीदिन देखि परेको अविरल बर्षाका कारण देशका बिभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानमा परेर मर्नेको संख्या ६० पुगेको छ । बाढी पहिरोमा परी ३५ जना अझै बेपत्ता छन भने ३८ जना घाईते भएका छन ।

बाढी र पहिरोमा परी बिचल्लीमा परेका २ हजार ५ सय जनाको सकुशल उद्धार गरेको तीनवटै सुरक्षा निकायले जनाएको छ । मुलुकभर लगातार पानी परेपछि सरकारले उद्धार तथा राहतको कामलाई तीव्रता दिएको कारण बिचल्लीमा पर्नेको संख्या यस पटक न्युन रहेको सरकारले दावी गरेको छ ।

बाढी पहिरोमा परी काठमाडौंमा ३ जना, ललितपुरमा र भोजपुरमा ५–५ जना, ओखलढुंगामा ५ जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा ४–४ जना, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा २–२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जना गरी ६० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३० जना महिला ३० जना पुरुष रहेका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १ सय ८५ जना, ललितपुरमा ८ , उदयपुर १० , रौतहटमा २ सय ५० जना, महोत्तरीमा ७ सय , सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा ४०, सिन्धुलीमा १सय तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १–१ जना गरी जम्मा २ हजार ५ सय जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा ६ जना, ईलाम र मोरङमा ३–३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा १–१ जना गरी ३५ जना वेपत्ता भएका छन् ।

मकवानपुरमा ५ जना, ललितपुर र धनकुटामा ३–३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २–२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन १–१ जना गरी जम्मा २८जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालित भएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।