२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगमलाई किस्ता तिर्नै सकस, ७५ करोड रुपैयाँमा घाटामा



अ+ अ-

काठमाडौँ । काठमाडौं लामो दूरीको अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्नै लक्ष्यसहित अघिल्लो वर्ष निकै तामझामसहित भित्र्याइएका दुईवटा वाइड वडी खरीदको तेस्रो किस्ता तिर्नुपर्ने समय एक साता पनि बाँकी छैन ।

गत चैतमा पनि खरिदका लागि लिइएको ऋणवापतको किस्ता तिर्नुपर्ने दायित्वबाट निगम पछि हट्यो। यतिमात्र होइन, त्यसअघि खरिद गरिएका दुईवटा न्यारो बडीका १० वर्षे किस्ता तिर्नुपर्ने नियमित अर्को दायित्व पनि निगममाथि छ तर गत पुसदेखि नै निगम सम्भौताअनुसार किस्ता बुझाउनुपर्ने दायित्वबाट चुकेको छ।

सरकार आफैँ जमानीमा बसेपछि करिब २४ अर्ब रुपैयाँमा निगमलाई निगमलाई वाइड बडी खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोष तयार भएका थिए । चारवटै जहाजको मासिक किस्ता मात्रै एक अर्ब १३ करोड रुपैयाँभन्दा बढी छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेल भन्छन्, ‘सञ्चालन खर्च तिर्न नै गाह्रो भएको छ।’ शुक्रबार बिहान संसदको अर्थ समितिको बैठकमा खरेलले आफैँले चालू आर्थिक वर्षमा निगम करिब चार अर्ब ७५ करोड रुपैयाँमा घाटामा जाने अनुमान प्रस्तुत गर्नुभयो । त्यसमध्ये अन्तर्राष्ट्रिय उडानतर्फको घाटा चार अर्ब १५ करोड र बाँकी करिब ५० करोड आन्तरिक उडानतर्फको हुने उनको भनाइ रहेको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।