२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोला मिचेर भौतिक संरचना निर्माण गर्दा राजधानीको ढुङ्गाअड्डा डुवानमा



अ+ अ-

काठमाडौं । गए रातिदेखिको अविरल वर्षाको कारणले काठमाडौंको ढुङ्गाअड्डा पूर्ण रूपमा डुवानमा परेको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर २ र चन्द्रागिरी नगरपालिका वडा नम्बर २५ को खोला रोक्नको लागि बनिरहेको पर्खाल समयमा नै सम्पन्न नगर्दा बल्खु खोला मानव वस्तीमा पसेको हो ।

बाढीकै कारण ढुङ्गाअड्डाको २३ र २५ नम्बर वडाका १०० भन्दा बढि घर डुवानमा परेको वडा अध्यक्ष उत्तमबहादुर राउतले बताए । उनका अनुसार खोला मिचेर भैतिक संरचना निर्माण गर्दा यो क्षेत्र बर्सेनि डुवानको चपेटामा पर्दै आईरहेको छ । उनले हालसम्म कुनै मानवीय क्षति नभएपनि चन्द्रगिरी नगरपालिकाको १५,२२ र २३ नम्बर वडा धेरै प्रभावित बनेको बताए ।

अहिले उक्त वडाको घरहरू दुईतलासम्म डुवानमा परेको छ भने स्थानीयको लत्ताकपडा,खाध्यनन् बगाउँदा जनजिवन प्रभावित बनेको छ ।

बाढीकै कारणले गर्दा चन्द्रगिरी नगरपालिकाका दुई दर्जनभन्दा बढी स्थानीय विद्यालयहरू अाज दिउँसो १ बजे नै बन्द गरिएको थियोे । विद्यार्थीहरू त्रासमा भएको भन्दै साबिकको समयभन्दा अगाडि नै विद्यालय बन्द गरिएको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले बताए ।

This image has an empty alt attribute; its file name is kir-6.jpg

यता कीर्तिपुरको झुलपोखरी पनि बाढीकै कारण प्रभावित बनेको छ। अाज दिउँसो करिब १२ बजेदेखि बल्खु खोला मानव वस्तीमा पस्दा ३० भन्दा बढी घर डुवानमा परेका छन् ।

डुवान प्रभावित क्षेत्रबाट नेपाल प्रहरीको कालिमाटीको टोली र कीर्तिपुरको संयुक्त टोलीले ८२ जनाको उद्दार गरेको छ। हालसम्म उक्त स्थानमा कुनै मानवीय क्षति नभएपनि पूर्ण रूपले भैतिक क्षति भने भएको छ ।

This image has an empty alt attribute; its file name is kir-7.jpg

उक्त स्थानका घरहरू एक तलासम्म डुवानमा परेको छ भने ईट्टाभट्टाहरू नराम्ररी प्रभावित बनेका छन् । भरखरै पारेर राखेको ईट्टाहरू पानीले गलेर नष्ट भएको छ। यता पोल्न राखेको ईट्टा पनि पानीले बगाएको छ।

उक्त स्थानमा लगाईएको तरकारी खेतीहरू पूर्ण नष्ट भएका छन् भने स्थानीयहरू त्रसित बनेका छन् । सुरक्षित ठाउँको बन्दोबस्त नहुँँदा स्थानीयहरू सडकमै बसिरहेका छन् ।