२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँडिएका राष्ट्रिय परिचयपत्रमा त्रुटि नै त्रुटि



अ+ अ-

पाँचथर । मिक्लाजुङ गाउँपालिका, रविका मोतीराज फागो राष्ट्रिय परिचयपत्र लिन जिल्ला प्रशासन कार्यालय आए । फाराम भर्दाको प्रतिलिपि लिएर उनी राष्ट्रिय परिचयपत्र फाँट पुगे । कर्मचारीले परिचयपत्र खोजेर निकाले तर नाम र गाउँपालिका फरक देखियो । कर्मचारीले बाबुको नाम, थरबाट मात्र उनको परिचयपत्र ठम्याउन सके ।

हिलिहाङ गाउँपालिकाका मनोज अधिकारी त्यसै बेला आफ्नो परिचयपत्रमा त्रुटि रहेको भन्दै आइपुगे । बाबुको नाममा त्रुटि भएकाले सच्याइदिन अनुरोध गरे । उनलाई कर्मचारीले फाराम भर्न लगाएर एक महिनापछि आउन भने । फागोलाई पनि एक महिनापछि आउन भनिएको छ ।

आफूहरूले सही विवरण दिए पनि यसरी त्रुटि हुँदा अनाहकमा दुःख पाएको उनीहरूको गुनासो छ । देशमै पहिलो पटक पाँचथर र सिंहदरबारका केही कर्मचारीलाई वितरण सुरु गरिएको राष्ट्रिय परिचयपत्र अहिले अन्यत्र पनि बाँड्न थालिएको छ ।

तर परिचयपत्रमा व्यापक त्रुटि पाइएको छ । पाँचथरमा वितरण गरिएकामध्ये झन्डै डेढ सयवटामा त्रुटि पाइएको प्रशासन कार्यालयले जनाएको छ । सम्पर्कमा नआएका अरू परिचयपत्रमा पनि त्रुटि हुने सक्ने अनुमान छ । जिल्लाभर ८५ हजार ८ सय ८९ जनाले फाराम भरेका थिए ।

गृह मन्त्रालयबाट पहिलो पटक ८३ हजार १ सय २ जनाको परिचयपत्र बनेर आएको थियो । राष्ट्रिय परिचयपत्र वितरण टोली फर्किसकेकाले हाल प्रशासन कार्यालयबाट वितरण भइरहेको छ । ‘प्राविधिक समस्याका कारण परिचयपत्रमा केही त्रुटि पाइएको छ । सच्याउन मन्त्रालय पठाउने गरेका छौं । एक महिनामा आइपुग्छ,’ प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले भने ।

राजधानीमा मंगलबार राष्ट्रिय परिचय प्राप्त गरेलगत्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यले आफ्नो जन्ममितिमा गल्ती भएको बताएकी थिइन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।