२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझाले थाल्यो रात्रिकालीन सेवा, यी रुटमा चल्नेछ गाडी



अ+ अ-

काठमाडौं । साझा यातायातले रात्रिकालीन सेवा सुरु गरेको छ । पहिलो चरणमा साझाका तीनवटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् । कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन सेवा दिइरहेको छ ।

गत बुधबारदेखि रात्रिकालीन सेवा सुरु भएको साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरले जानकारी दिए । ‘यसअघि साझा राति ९ बजेसम्म सञ्चालन भइरहेका थिए ।

अहिले तीनवटा बस थप गरी एक घन्टा ढिलोसम्म सञ्चालन गर्न थालेका छौँ,’ उनले भने, ‘यो ट्रायलका रूपमा सञ्चालन गरेका हौँ । केही समयपछि अन्य बसले पनि १० बजेसम्म सेवा दिनेछन् ।’ साझा यातायातसँग हाल ७१ वटा बस छन् । तीमध्ये चारवटा बस भने लामो दूरीमा सञ्चालन हुन्छन् । बाँकी बस काठमाडौं उपत्यकामा सञ्चालित छन् ।

अन्य यातायात कम्पनीसँग छलफल हुँदै

काठमाडौं महागनरपालिकाले सवारी तथा यातायात व्यवस्थापन ऐनअनुसार साउनभित्रै रात्रिकालीन बस सञ्चालन गर्न अन्य यातायात कम्पनीसँग छलफल गर्ने भएको छ । ‘ऐन राजपत्रमा प्रकाशित भएर आइसकेको छ । अब कार्यान्वयनका लागि अनुगमन समिति बनाउने तयारीमा छौँ,’ महानगरका सूचना अधिकारी वसन्त आचार्यले भने, ‘रात्रिकालीन सेवा सञ्चालनका लागि यातायात व्यवसायी र सरोकारवालासँग छलफल गर्नेछौँ ।’ महानगरले सार्वजनिक सवारीमा कोचाकोच गरेर यात्रु राख्न नदिने भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।