२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल लैजान्छु भन्दै बलात्कार



अ+ अ-
सांकेतिक तस्वीर

नेपालगन्ज । बाँकेको कोहलपुरमा २ बालिकामाथि बलात्कार घटना प्रहरीकै संलग्नतामा मिलापत्र गरिएको पाइएको छ । कोहलपुर नगरपालिका–१५ का १३ र १५ वर्षीया बालिका गत बुधबार बलात्कारमा परेका थिए । उनीहरूलाई आरोपितले ४ लाख रुपैयाँ दिने गरी घटना गुपचुप राख्न दबाब दिएको बताइएको छ ।

घटना मिलाउन ५० हजार रुपैयाँ तत्काल परिवारको जिम्मा लगाइएको र बाँकी रकम साउन १५ सम्म दिने कागज गरिएको छ ।

अहिले बालिका र परिवारले बलात्कार नभएको दाबी गरेका छन् । बालिकाले पहिला हातपातको प्रयास भएको बताएका थिए । पीडितमध्येकी एक बालिकाले भने अधिकारकर्मीसँग आफू बलात्कारमा परेको सुनाएकी थिइन् । उनका अनुसार दुवै जनालाई मूल सडकबाट अलगअलग ठाउँ लगिएको थियो ।

अधिकारकर्मी महिलासँग बालिकाले आफू बलात्कारमा परे पनि साथीलाई बलात्कार भएरनभएको थाहा नपाएको बताएकी थिइन् । ‘बलात्कारपीडितले आफूलाई दिसापिसाब गर्न पनि गाह्रो भएको सुनाइन्,’ अधिकारकर्मी ती महिलाले भनिन् ।

गत बुधबार मोबाइल बिग्रेर बनाउन हल्दारपुर आएका ती बालिकालाई कोहलपुर-१५ का सुवास परियार र हरि परियारले नास्ता खान भनी होटलसम्म लगेका थिए । नास्ता खाने क्रममा एक बालिका बेहोस भएपछि उपचारका लागि कौस्लिया अस्पताल पुर्‍याए तर त्यहाँ उपचार नभएपछि दशबिघा लैजाने भन्दै बर्दियाको पचासामा लगी अलपत्र छाडेर भागेको बालिकाहरूले बताए ।

‘साथी एक्कासि बेहोस भएपछि अस्पताल पुर्‍यायौं । त्यहाँ उपचार नभएपछि दशबिघा लैजान्छु भनेर बर्दिया पुर्‍याएका थिए,’ एक बालिकाले भनिन्, ‘जति नै रुँदा–कराउँदा पनि मानेनन् । हामी दुईलाई एउटै बाइकमा राखेर एउटाले चलायो र अर्कोले पछाडिबाट समातेर त्यहाँ छाडेर आए ।’

राति २ बजे बर्दिया पुर्‍याएको र त्यहाँ भारतीय नागरिकले बाटो रोकेर हातपात गर्न खोजेपछि कराउँदा प्रहरी आई उद्धार गरेको पीडित बालिकाले बताए । उनीहरूलाई त्यहाँबाट प्रहरीले कोहलपुर इलाका प्रहरी कार्यालय पुर्‍याएको थियो ।

पीडक सुवासकी पत्नीले घटना बाहिर ल्याए परिवार नै विष खाएर आत्महत्या गर्ने भनेपछि घटनाबाहिर नल्याएको पीडित पक्षले जनाएको छ । स्रोतका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरमा मिलापत्र तयार पार्ने क्रममा वकिल नै बोलाइएको थियो । अहिलेसम्म बालिकाहरूको स्वास्थ्य परीक्षणसमेत गराइएको छैन । इलाका प्रहरी कोहलपुरका डीएसपी रमेश सिंहले बालिकाहरूले आफ्नै सहमतिमा घुम्न गएको भनेपछि ती युवकलाई एक दिन हिरासतमा राखी छाडिएको बताए ।

गम्भीर फौजदारी अपराधलाई कानुनी प्रक्रियाबाट हल गर्नुको साटो पीडित पक्षलाई आर्थिक प्रलोभन देखाई मिलापत्र गराउनु गलत भएको एक अधिकारकर्मीले बताइन् । अस्पताल लैजान्छु भन्दै बलात्कार गरेर सीमाक्षेत्रमा पुर्‍याएको हुन सक्ने उनको अनुमान छ । ‘परिवारलाई जति सम्झाउँदा पनि मुद्दा दर्ता गर्न मानेनन् । प्रहरी र वकिल पनि मिलाउन लागे,’ उनले भनिन्, ‘पीडित नै नबोलेपछि अपराध गर्नेलाई कारबाही प्रक्रियामै लग्न सकिएन ।’, समाचार कान्तीपुर दैनिकमा प्रकाशित छ ।