२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिठ्ठेको खुकुरी प्रहारवाट आमा मृत्यु



अ+ अ-

काठमाडौं । मादक पदार्थ सेवन गरिरहने एक युवकले बिहीबार अपरान्ह खुकुरी प्रहार गरी आमाको हत्या गरेका छन्। घरमा कोही नभएका बेला सप्तरीको सुरुङ्गा नगरपालिका १ चहकाका ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीले खुकुरी प्रहार गरी ६४ वर्षीय आमा धनमाया पुलामीको हत्या गरेका हुन्।

सुरुङ्गा नगरपालिका १ का निमित्त वडा अध्यक्ष इन्द्र आले मगरका अनुसार आमाको शवसँगै जंगबहादुर रक्ताम्य अवस्थामा भेटिएका थिए। उनले खुकुरी नचाउँदै बुवा र छिमेकीलाई मार्ने धम्की दिएपछि प्रहरीलाई खबर गरेको आलेको भनाइ छ।

बिहीबार दिउँसो धनमायाले मोबाइलमा रिचार्ज सकिएको भनेपछि उनका श्रीमान ६५ वर्षीय लोकबहादुर पुलामी बजार गएका थिए। उसै बेला छोराले आमाको हत्या गरेको लोकबहादुरले बताए।

खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडि तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा गहिरो चोट लागेको अवस्थामा धनमायाको शव फेला परेको इलाका प्रहरी कार्यालय भेडियाका इन्स्पेक्टर प्रकाश बस्नेतले जानकारी दिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।