२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी बच्न सकिन्छ सर्पदंशबाट, थाह पाउनुहोस्



अ+ अ-

काठमाडौं । वर्षायाम सुरु भएसँगै सर्पदंश (सर्पको टोकाइ)का बिरामी बढ्ने गर्छन् । गर्मी बढेपछि सर्प बाहिर निस्कने गर्छन् । प्राकृतिक प्रकोपपश्चात् प्राकृतिक वासस्थान नष्ट हुने भएकाले उनीहरू मानिसको वासस्थान तिर छिर्ने गर्छन् । सर्पदंश नेपालमा जनस्वास्थ्यका लागि ठूलो समस्याको रूपमा रहेको छ । विषालु सर्पको टोकाइबाट विशेषगरी तराई क्षेत्र बढी प्रभावित हुने गरेको छ ।

लक्षण

विषविहीन सर्पले टोक्दा पनि मानिस आत्तिने कारण पनि विभिन्न लक्षण देखिन्छन् । आत्तिँदा हृदयाघात हुने, छिटो–छिटो सास फेर्ने, टोकेको ठाउँमा घोचेको महसुस हुने, हात खुट्टा बाउँडिने वा नचल्ने, बेहोस हुने आदि हुन्छ ।

कतिपयमा टोकेको ठाउँवरपर सुन्निने हुन सक्छ । रक्तश्राव, नीलो हुने वा फोका उठ्ने, संक्रमण वा नेक्रोसिस हुने गर्छ । त्यस्तै, बिषालु सर्पले टोकेमा बान्ता हुने, आँखाको परेला उठाउन गाह्रो हुने, स्वादमा भिन्नता आउने, घाँटी भाँचिने, नाडी छिटो–छिटो चल्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छन् ।


सर्पले टोकेमा…

बिरामी आत्तिएर अन्य समस्या देखिन सक्छन् । तसर्थ, बिरामीलाई शान्त पार्नुपर्छ । सबै सर्प बिषालु हुँदैनन् भनेर बुझाउनुपर्छ ।

बिरामीलाई सजिलोगरी भुइँमा सुताएर लुगा खुकुलो बनाउनुपर्छ । टोकेको ठाउँवरिपरि प्रेसर ब्यान्डेज लगाउन सकिन्छ । घाउ बढी चलाउनुहुँदैन । चलाएमा विष मांसपेशीमार्फत रगतमा मिसिन सक्ने भएकाले सजग हुनुपर्छ ।

टोकेको सर्पलाई मार्नतर्फ लाग्नुहुँदैन । मार्न थाल्दा अन्य दुर्घटना निम्तिन सक्छ ।

टोकेको ठाउँमा रबर वा डोरीले कडा गरी बाँध्नुहुँदैन, ताकि रक्तसञ्चारमा अवरोध नआओस् ।

घाउमा कुनै पनि औषधि वा रसायनको प्रयोग गर्नुहुँदैन ।

सकेसम्म छिटो स्वास्थ्य संस्थामा लैजानुपर्छ । बिरामी सम्हालिन गाह्रो हुने भएकाले अरूको साथ जान आवश्यक हुन्छ ।

टोकाइबाट बच्ने उपाय

घर तथा खेल मैदानवरिपरि सफा राख्ने तथा झाडी, ढुंगा, हिलो तथा पातको थुप्रो बनाएर नराख्ने ।

ढुंगा वा कुनै वस्तु थुपारेर राखेको ठाउँमा काम गर्दा सजग हुने ।

खुला ठाउँ तथा भुइँमा सकभर नसुत्ने र सुतेमा अनिवार्य झुल लगाउने गर्नुपर्छ । त्यस्तै, खेतबारी वा बाहिर काम गर्दा शरीर पूरै छोपिने लुगा लगाउनुपर्छ ।

राति अँध्यारोमा हिँड्दा सजग हुनुपर्छ । सकभर बत्ती बालेर वा लौरो टेकेर हिँड्नुपर्छ ।

सर्प हुन सक्ने ठाउँबारे बालबालिकालाई सचेत गराउनुपर्छ । त्यस्तै, बिषालु सर्पको टोकाइबाट हुन सक्ने समस्याबारे जानकारी दिनुपर्छ । हामीले यो सामाग्री नयाँ पत्रिका दैनिकवाट लिएका हौ ।