२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामान्यको कर्मचारी समायोजन पत्र महानगरले लुकाइदिएपछि‍‍….



अ+ अ-

ललितपुर । सामान्य प्रशासन मन्त्रालयले पठाएको समायोजनपत्र लुकाइदिएपछि एक कर्मचारी बिलखबन्दमा परेका छन्। शिक्षा विकास तथा समन्वय इकाइ लगनखेलका प्रशासन शाखाबाट समायोजनपछि ललितपुर महानगरपालिका पुगेका युवराज सैंजुको समायोजनपत्र गायब भएको थियो ।

सैंजु हाजिर हुन दैनिक महानगरपालिका धाइरहेका छन्। असार १ गतेदेखि। यसबीच महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्याललाई जानकारी गराइसकेका छन्। ‘प्रमुखले बैठकपछि केही निर्णय होला भन्नुभयो’, सैंजुले भने, ‘तर उपप्रमुखले हाजिर गराउन कठिन पर्ने संकेत दिनुभयो।’ कर्मचारी समायोजन निल्नु न ओकल्नु बनेको सैंजुको अनुभवले बताउँछ।

केही समय पहिले महिला विकास कार्यालयमा काम गर्ने सीता अधिकारी डाँको छोडेर महानगरपालिकाको कार्यालयमा रोइन्। समायोजनपछि उनको जागिर गयो। घरमा आम्दानीको स्रोत नभएकाले कसरी पेट पाल्ने भन्दै उनी रोएकी थिईन्। सैंजुले भने, ‘घरिघरि त जागिरै नखाउँ जस्तो लाग्छ।’ सामान्य प्रशासन मन्त्रालयले पठाएको पत्र नआएको जानकारी ललितपुर महानगरपालिकाबाट सैंजुले पाएका छन्।

मन्त्रालयले उनको पत्र कुरियरमार्फत पठाइसकेको र कुरियरवालासँग सम्पर्क गर्न सुझाव दिएको छ। सबैतिर पत्र नभेटिएपछि फेरि मन्त्रालय पुगेर आफैंले खोजेर पत्र फेला पारे। ‘एक कपी लिएर आएको छु’, सैंजुले भने, ‘व्यक्तिगत चिठी भने पाएको छैन।’, समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।