२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा दुई तिहाइको सरकार, तेलभन्दा पानी महँगो !



अ+ अ-

काठमाडौं । जीवनमा कहिले पनि पानीको दुःख भागेका थिएनौं। यसपालि त गाउँको सबै कल(ह्याण्ड पाइप) सुक्यो,’ महोत्तरीको बिजलपुरा चल्की टोलकी ६० बर्षीय सोना देवी मुसहरले भनिन्,‘गाउँमा अनिकाल पर्‍यो।’

बर्दिबास नगरपालिका-१२ स्थित पानी खान समस्या भएपछि गाउँको स्कूलमा एउटा नयाँ बोरिङ्ग गाडिएको छ। साँझ र बिहान मेला लागे झैं पानी भर्न भिड लाग्छ। दिउँसो तीन बजेदेखी बोरिङ्गमा लागेको लाम राती ८ बजेसम्म चल्छ।

‘गाउँभरी जतितही पानीको हाहाकार छ। पानी जोहो गर्दै गाउँहरुको जान्छ,’ सोना देवीकी परोसिया (छिमेकी) सञ्जिता मुसहर सुनाउँछिन्।

‘चैत्रदेखिनै गाउँमा पानीको दुःख छ,’पानीको अभावमा बाँच्न कठिन भएको भन्दै उनले भनिन्,‘हेर्दा हेर्दै कुन दिन आयो, तेल भन्दा पानी महँगो भयो।’ एक लिटर खाने तेल किन्दा भान्छामा १५ दिनलाई पुग्ने बताउँदै उनले थपिन्,‘हाम्रो परिवारलाई एक दिनको लागि कम्तिमा सय लिटर खानेपानी चाहिन्छ।’पानी खोज्दाको सास्ती रहेको दुःखेसो पोखिन्।

बर्दिबास नगरपालिका-१२ का वडा अध्यक्ष राम किशोर साह भन्छन्,‘ चल्की र जुडी टोलमा तीनसय कल सुक्यो।’ गाउँमा पानी पिउन मुश्किल छ। नगरपालिकाबाट गाउँकै स्कूलमा बोरिङ्ग गाडेको बताउँदैं उनले भने,‘एउटै बोरिङ्गमा एक सय घरका मानिसहरुले प्यास मिटाउँन बाध्य छन्।’

भूमिगत पानीको मुहान तलतल गयो। जथाभावी बालुवा, गिट्टी दोहोनले नदीमा पानी बग्न छोड्यो।त्यसैले गाउँ काकाकुल बनको वडा अध्यक्ष साहले सुनाए। ‘३५-४० फिटमा पाइने पानी ढेड सयफिट मुनि पाउनपनि मुश्किल छ,’उनले भने।

बर्दिबास नगरपालिकाको बिजलपुराको चल्की, जुडी, हात्तिलेटको बिजयबस्ती, बेंखाडी पशुपतिनगर, किसानगर, लगायत यि गाउँहरु मात्र खानेपानीको समस्या होइन्, मधेशमा ३६ जिल्लाका गाउँबस्तीमा खानेपानीको चरम अभाव छ। चुरे र चुरेभावर क्षेत्रका बस्तीहरुमा पिउने पानीको समस्या बिकराल छ।

पानीको मुहान सुकेपछी मधेशमा बसोबास गर्ने लाखौं स्थानीयहरु पानी खोज्दैं भौतारिरहेका छन्। चुरे र त्यसको भावर क्षेत्रको दोहोनले मधेशमा पानीको श्रोत विलाउँदै गरेको चुरेविज्ञ डा वियज सिंह बताउँछन्।

‘क्रसर उद्योगले गहिरो खाल्टो खनेर बालुवा, गिट्टी, ढुङ्गा झिके। चुरेबाट बगेर आएको पानी भण्डारण गर्ने भावर क्षेत्र धोस्त भयो।,’उनले भने,‘एका तिर जनसंख्या बढ्दैं गयो अर्को तिर पानीको मुहान रिचार्ज गर्ने चुरेको शक्तिछिन हुदैंगयो।’

जलवायु परिवर्तनको असर प्राकृतिक दोहोनकै कारणले बढ्दैं गएको छ। ‘त्यहीभएर मनसुन पनि ढिलाभयो,’उनले भने।

पानी अभावमा गाउँले दैनिकी प्रभावित छ। ‘खानापकाउन र पिउन पानी खोज्ननै पर्‍यो। नुहाइधुवाई नगरि गर्मी कसरी छल्नु। त्यसमाथि गोठमा पालेका गाईवस्तुलाई खुवाउनै पर्‍यो। पानी जोहो गर्दैमा दिन वित्छ,’ चल्की टोलका ७० बर्षीय चन्देश्वर महरा भन्छन्,‘जीन्दगीमा हामीले पानीको अहिलेसम्म कहिले दुःख भोग्नु परेको थिएन।’अहिले त झिस्मिसे विहानमै डोल, बाल्टीन, गेलेन बोकेर उनलाई पानी खोज्दै गाउँगाउँ चहारेर हिड्नु परेको छ। ‘पानी खोज्न साँझ निस्किदा अबेला राती घर आइन्छ,’ उनले भने।

पानीको दुःखले बस्तीहरुमा तवाही मच्चेको स्थानीय रामकिसुन मुसहर बताउँछन्।‘गाउँको खोला पनि सुक्यो, आगनको कलमा पानी आउँन छाड्यो। गाउँमा प्यास मेटाउन अब त एउटा पनि कल बाँकी रहेन, सबै सुक्यो।’

पानीको श्रोत फर्काउन चुरे क्षेत्रमा जलासय बनाउन स्थानीय सरकारले ढिलो गर्न नहुने चुरेविज्ञ डा सिंहले बताए।‘चुरे बचाउन सकिएन भने मधेशमा अहिले पानीको मात्रै दुःख छ, अलिपछी बाढीले चुरे पहाड बगाएर उब्जाउ भूमी मरुभूमीकरण हुनबाट कसैले रोक्न सक्दैं।’ चुरे क्षेत्रको दोहोन पुर्नरुपले बन्द गर्नु पर्ने उनलाई कथन रहेको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।