२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिरिन्ज आक्रमण’ले मनोवैज्ञानिक त्रास



अ+ अ-

काठमाडौं । सीतापाइलाकी सीता महर्जन (नाम परिर्वन) स्कुटीमा धोबीघाटतर्फ जाँदै थिइन् । कलंकीमा एक महिलाले लिफ्ट मागिन् । स्कुटर रोकिन् । चढाएर गन्तव्यमा पुर्‍याइन् ।

खुसी हुँदै ती महिलाले महर्जनको कुममा धाप मारिन् । ‘थ्यांकस्’ भन्दै आफ्नो बाटो लागिन् । उनी जब कार्यालय पुगिन् तब, बाटोमा लिफ्ट लिएकी महिलाले धाप मारेको ठाउँमा अनायसै दुखेको महसुस गरिन् ।

सञ्चार माध्यम ‘सिरिन्ज आक्रमण’ ले रंगिएका थिए । अब उनलाई पनि लाग्न थाल्यो, ‘धाप मार्ने महिलाले सिरिन्ज आक्रमण त गरिनन् ?’ बेचैन ह्वात्तै बढ्यो । कुम दुखेको महसुस अझ ज्यादा भयो । आत्तिएकी उनी टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पुगिन् । अहिले उनी एचआइभीको ‘एन्डी टोड’ लिइरहेकी छिन् ।

नयाँ बानेश्वरकी विमला श्रेष्ठ (नाम परिवर्तन) एनएसी (नेपाल एयरलाइन्स कर्पोरेसन) अघिबाट टेम्पु चढिन् । उनीसँगै थिए एक अपरिचित युवक । टेम्पु गन्तव्यतर्फ बढ्दै थियो । चालकले अचानक ब्रेक दबाए ।

टेम्पुभित्रका यात्रु एकआपसमा ठोक्किन पुगे । गन्तव्यमा पुगेपछि विमला टेम्पुबाट झरिन् । सरासर घर लागिन् । केही बेरपछि टेम्पुमा युवा ठोक्किएको शरीरतर्फको भाग दुखेको महसुस गरिन् । उनलाई पनि लाग्न थाल्यो, ‘टेम्पुमा ठोक्किएका ती युवाले कतै सिरिन्ज आक्रमण त गरेन ?’ मनमा बेचैन बढ्यो । शरीर अझ दुखेझैँ भयो । हुर्रिंदै उनी टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पुगिन् । अहिले उनी पनि एचआइभीको ‘एन्डी टोड’ लिइरहेकी छिन् ।

कीर्तिपुरमा तीन दिनअघि मैया महर्जन (नाम परिवर्तन) बारीमा मकै गोड्दै थिइन् । मकैको पातले उनको पाखुरा पाछ्यो । काम सकेर बारीबाट उनी बाहिरिइन् । सडकमा हिँड्दै गर्दा एक युवा उनको पाखुरामा ठोक्किन आइपुगे । ठोक्किएको ठाउँमा दुखेको महसुस भयो ।

अब उनलाई पनि लाग्न थाल्यो, ‘ठोक्किने ती युवाले सिरिन्ज आक्रमण त गरेन ?’ उनी पनि टेकु अस्पताल गइन् र एचआइभीको ‘एन्टी टोड’ लिइन् । उपत्यकाको अपराध अनुसन्धान गर्ने महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले वास्तविकभन्दा पनि मनमा कल्पित आक्रमणको त्रासबाट उपत्यकाका स्थानीय ज्यादा त्रसित बन्न पुगेको बताए ।

महाशाखाका अनुसार केही सातायता सिरिन्जभन्दा पनि सिरिन्जको मनोत्रासबाट संक्रमितहरूको उजुरी प्रहरीमा धेरै परेका छन् । १० भन्दा धेरै उजुरी आएको महाशाखाले जानकारी दिएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।