६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभाको बैठक चौथो पटक स्थगित



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा उपस्थित नभएपछि बैठक कार्यसूचीमा प्रवेशै नगरी चौथो पटक स्थगित भएको छ।

आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रतिपक्षी दलको अनुपस्थित रहेपछि सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षी दलको सभामा उपस्थिती नरहेको भन्दै असार १७ गतेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरे ।

यसअधि पनि असार ११ गते कांग्रेस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि तय बैठक स्थगित गरिएको थियो । यस्तै गत असार ५ गतेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले बजेटमाथि असन्तुष्टि जनाउँदै अवरोध सिर्जना गरेपछि सभामुखले असार ७ सम्मका लागि बैठक स्थगित गरेर ११ गतेका लागि आह्वान गरेको थियो ।

बजेट त्रुटिपूर्ण भएकाले संशोधन हुुनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतको माग छ । तर, सत्तारुढ दल बजेटको बचाउमा छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै कांग्रेस र राजपाले यसअघि पनि रातो किताब जलाएका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि असार १ गते २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएको थियो ।