६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारीमा फलेको करेला र अदुवा विदेशीलाई बेचेर हामी धनी हुनेछौ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले चर्चा भएजस्तो बेरोजगारीको अवस्था नरहेको दाबी गरेका छन् ।

श्रम तथा रोजगार सम्मेलन उदघाटन समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै ‘अहिले युवा जनसंख्याको बाहुल्य छ । बेरोजगारको जुन चर्चा छ, त्यो वास्तविक होइन । जमिन छ तर बाँझै छ, काम गर्ने मान्छे पनि छ, तर मान्छेले काम गर्दैन,’ प्रधानमन्त्री ओलीले भने ।

जो सत्तामा आए पनि उसले गरिबीसँग जुध्नैपर्ने भन्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरे । उनले कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गरे धनी हुने बताए । उनले भने बारीमा करेला फल्छ, अदुवा फल्छ तर आफूले खाएर बढी भएको बजारमा लैजान सक्ने अवस्था छैन । चार बोट सुन्तला लगाएर विदेश निर्यात गर्न सकिँदैन । अब कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्नुपर्छ ।’

उनले आफूले गरेको राम्रा कामको चर्चा नगरिदिए हुने बताए । उनले भने, ‘मैले गरेको राम्रो कामको चर्चा नगर्दा पनि हुन्छ । च्यातेर डस्टबिनमा फालिदिए पनि हुन्छ, तर काम चाहिँ गर्नुपर्छ । सुन्दर, सुरक्षित, समृद्ध नेपाल बनाउन सबै लाग्नुपर्छ ।’

उनले देशको विकास गर्न काम गर्नुपर्ने, तर काम गर्ने इमान्दार नेपाली जनशक्ति विदेश जाने गरेको बताए । स्वदेशमै अवसर हुँदाहुँदै पनि नेपालीहरु विदेशिने गरेको उनको भनाइ छ । ‘नेपालीहरु काम गर्न रुचि राख्छन्, इमान्दार छन्, त्यही भएर विदेशी रोजगारदाताले पनि बोलाउँछन्,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले दुईटा कुरा मिलेको छैन । विकास गर्नलाई काम गर्नुपर्छ, त्यसको लागि काम छैन, जब हामी काम गर्न लाग्छौं, तब जनशक्ति हुँदैन ।’

उनले सम्मानजनक काम र न्युनतम पारिश्रमिकको व्यवस्था गरियो भने देशभित्रै रोजगारी सिर्जना गर्न सकिने बताए । शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने थलो भएको भन्दै उनले शैक्षिक प्रमाणपत्र समस्या नरहेको बताए । उनले शिक्षा प्रणालीलाई जीवनपयोगी बनाउनुपर्ने बताए ।