६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्थागत विद्यालय शिक्षक युनियमा सुरेश भट्ट नेतृत्वमा नयाँ कार्यसमिति



अ+ अ-

काठमाडौँ । संस्थागत विद्यालय शिक्षक युनियनले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा गरिएको चौंथो काठमाडौँ जिल्ला अधिवेशनबाट सुरेस भट्टको अध्यक्षतामा २१ कार्यसमिति चयन गरिएको हो ।

कार्यक्रम उद्घाटनसत्र र बन्दसत्र गरी दुई भागमा बाँडिएको थियो । भूपाल उप्रेतीले सञ्चालन गरेको कार्यक्रमको सभापति सुरेन्द्र भट्टले भूमिका निभाए । कार्यक्रमको प्रमुख अतिथिको रूपमा मोतीराम फुयाँल थिए । भीम क्षेत्री, गीता राणा, तारापति खरेल विशेष अतिथिको रूपमा थिए ।

कार्यक्रमको अतिथिहरूमा नारायण पौडेल, सुधीर झा, हरिकृष्ण ण्काल, रामकृष्ण थापा, के.पी पाठक, महानगरीय प्रहरी कमलपोखरीका प्रतिनिधि टंक थापा (के.सी) रहेका थिए । अन्य अतिथिहरूमा विष्णु पराजुली, हरि श्रेष्ठ, कमलदिल मिया, विष्णु पनेरु, सुरेन्द्र मिश्र, राजेन्द्र बस्नेत, हेमराज आचार्य, कोषबहादुर जि.सी रहेका थिए ।


त्यसैगरी बन्दसत्रबाट नयाँ कार्यसमितिको चयन गरियो । नयाँ कार्यसमतिमिा अध्यक्ष सुरेश भट्टसहित उपाध्यक्ष सन्तोष जि सि, महिला उपाध्यक्ष नितु झा, सचिब भुपाल उप्रेती, सह सचिब ओमनाथ कडरिया, कोषाध्यक्ष रमेश बराल छन् । सदस्यहरूमा सरोज श्रेष्ठ, भरत चन्द कृष्णप्रसाद गौतम, कुस्मिता तिवारी, कमल लामिछाने, सुदिप श्रेष्ठ, सराम महत, विप्लव भट्टराई, गणेश गुरागाईं, कर्ण राई, नवीन कौनजीया, दिनेश अधिकारी, शर्मिला ओझा हेमन्त पराजुली र रामनरेश राय छन् ।

कार्यक्रकमा शिक्षा व्यवसायी र सरोकारवालाहरूले शिक्षा गुणस्तर वृद्धि गर्नुपर्ने बताए । उनीहरूले सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता, संघीय शिक्षा ऐनले तोके बमोजिम नियुक्तिपत्र, तलब, सेवा सुविधाको काग अघि सारे ।

त्यसैगरी निजी विदालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउन माग गर्दे नेपाल सरकारले २०७६/७७ को बजेट मार्फत् बढाइएका १८–२0 प्रतिशत तलब तत्काल बढाएर दिन आग्रह गरे । संस्थागत विद्यालय शिक्षक युनियन निजी विद्यालयहरूमा कार्यरत करिब १ लाख ५० हजारको संख्यामा रहेका शिक्षक कर्मचारीहरूको पेसागत युनियन हो । यसले संस्थागत विद्यालयका शिक्षकहरूको हक अधिकारका लागि आवाज उठाउँदै आएको छ ।