६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प र किमबीच भेटवार्ता हुन्छ : मुन



अ+ अ-

सोल । उत्तर कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनबीच भेटवार्ता हुने बताउनु भएको छ ।

ट्रम्प र किमबीच दुई कोरियाको सिमा क्षेत्रमा पर्ने पान्मुन्जोम गाउँमा भेटवार्ता हुने तय भएको राष्टपति मुनले आइतबार जानकारी दिनु भएको हो ।दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसमा भएको भेटवार्तापछि मुन र ट्रम्पद्धारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै जनाले किमसँग भेटवार्ता हुन लागेको पुष्टी गर्नुभएको हो ।

कोरियाली प्रायद्वीपका दुई राष्ट्र दक्षिण कोरिया र उत्तर कोरियाकाबीचमा सन् १९५० देखि शुरु भएको भएको यद्धपछि सन् १९५३ मा दुई देशबीच सम्झौता भएपछि युद्व अन्त्य भएसँगै दुई कोरिया टुक्रिएर उत्तर र दक्षिण कोरिया बनेको थियो ।
उत्तर र दक्षिण कोरियामा दुई देश विभाजन भएपछि उत्तर कोरियाको अमेरिकासँगको सम्वन्ध भने सत्रुतापूर्ण नै रहेको थियो । तर अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्प निर्वाचित भइसकेपछि किमसँग दुई पटक बहुप्रचारित शिखर बैठक भइसकेका छन् ।
पहिलो बैठक अन्त्यन्त सकारात्मक भएपनि दोस्रो बैठक भने अपेक्षित नभएपछि फेरी दुई देशकाबीचमा अविश्वास बढिरहेका बेला अहिले यो भेटवार्ता हुन लागेको हो ।

ट्रम्प र किमबीच अहिले हुन लागेको भेटवार्ता ऐतिहासिक र अत्यन्त महत्वपूर्ण हुने दक्षिण कोरियाली राष्ट्रपति मुनले विश्वास व्यक्त गर्नुभएको छ । उहाँहरुको यो भेटवार्तालाई अनपेक्षित मानिएको छ । जी २० शिखर सम्मेलनका लागि जापान पुग्नुभएका ट्रम्प त्यतैबाट दक्षिण कोरिया आउनु भएको हो ।