५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पे भन्छन्ः मेस्सी मेरो आइडल हुन्



अ+ अ-

काठमाडौं । फ्रन्सेली स्टार केलिएन एमबाप्पेले पीएसजीमा लामो समयसम्म नरहने स्पष्ट पारिसकेका छन्।स्पेनिस खेल पत्रिका मार्काका अनुसार एमबाप्पेले पीएसजीले जति पैसा दिन तयार भए पनि उसले अब नयाँ सम्झौता गर्ने छैनन्।

सिजनको अन्त्यसँगै एमबाप्पेले आफूलाई जिम्मेवारी बोध हुने कार्य गर्न मन लागेको बताएका थिए। उनले त्यो पीएसजीबाटै अथवा अन्य क्लबबाट पुरा हुने भनाइ राखेका थिए।एमबाप्पेले रियल मड्रिड र बार्सिलोनाजस्ता क्लबबाट खेल्नेछन्।

सन् २०२२ सम्म एमबाप्पेको सम्झौता पीएसजीसँग छ। उसले त्यसपछि अन्य क्लबबाट आफ्नो नयाँ अध्याय सुरु गर्नेछन्।सन् २०१७ मा मोनाकोबाट पीएसजी आइसकेपछि एमबाप्पेले आफ्नो खेल निकै सुधारेका छन्। नेयमार पीएसजीमै रहँदा एमबाप्पेलाई एक स्टार खेलाडीको रुपमा अझै हेरिएको छैन।

यसै सिजनको सुरुवातमा रियल मड्रिडले एमबाप्पे अनुबन्ध गर्न चाहेको थियो। तर पीएसजीले भनेजति मूल्य तिर्न नसकेपछि मड्रिडले एमबाप्पेलाई अनुबन्ध गरेन। मड्रिडले इडन ह्जार्डलाई अनुबन्ध गरेको छ।

एमबाप्पेले हालै एक टेलिभिजन अन्तर्वार्तामा विश्वको उत्कृष्ट खेलाडी को हो भन्ने प्रश्नमा कुनै एक खेलाडीको नाम लिन चाहेनन्। उनले पेले, रोनाल्डो, मेस्सी र जिदान आफ्नो आइडल भएको बताएका थिए।