५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘धर्ती माता’लाई ७ दिन थुनामा राख्न अनुमति



अ+ अ-

काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले ‘धर्ती माता’ बताउने महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप गरेको छ ।

शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थपिएको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार, कुँवरमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ७ दिनको म्याद दिएको छ ।बुटवलबाट काठमाडौं आएकी कुँवरले भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी एक युवतीमाथि बोक्सी भगाउने नाममा कुटपिट गरेकी हुन् । उनले ‘तँ को होस्, छिटो निस्की’ भनेर युवतीको टाउकोमा हातले पिटेको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ। कुँवरले ती युवतीमाथि जाइलाग्दै ‘निस्किन्छेस् कि निस्किन्नस्, तेरो मासु खाम्ला, मलाई चिन्’ लगायत शब्द प्रयोग गरेर गालीगलौज र हातपात गरेको उक्त भिडियोमा देख्न सकिन्छ ।

प्रत्यक्षदर्शी मन्दिरकी पुजारी रबिना देउलाका अनुसार ‘धर्तीमाता’ कुँवर असार ५ गते ठूलो संख्यामा भक्तजन र अन्य माता लिएर भद्रकाली मन्दिरको दर्शन गर्न आएकी थिइन् । ११ बजेतिर मन्दिरमा प्रवेश गरेकी उनले डेढ घण्टा त्यहीं बिताएकी थिइन्।

मानिसको भिडले घेरेकाले उनलाई प्रहरीले सुरक्षासमेत दिएको थियो । कुँवरले आफू बुटवलबाट काठमाडौंका मठमन्दिर दर्शन गर्न आएको र बीस÷बाईस दिन यतै रहने बताएको पुजारी देउलाको भनाइ छ। उनले आफूले पनि माताले एक महिलाको टाउकोमा हातले हिर्काएको भन्ने सुनेको तर के कारणले हो भन्ने जानकारी नभएको बताइन्।

भिडियोमा कुँवरको पिटाइको पीडाले ती युवती ‘आइया, आइया, आमा, आमा’ भनेर चिच्चाएको सुनिन्छ । ‘निस्की निस्की, यस्तो गरिस्’ भन्दै चरम यातना दिइरहेको देखिन्छ। ‘कहाँ जाने, छोपिसकेछु मैले, कहाँ जाने हो मैले, चिन् । तेरो मासु खाम्ला, तँ को हो ? मैले देखेसी एकएक चिन्छु, बुझिस्’, कुँवरले उनलाई शारीरिक यातना दिँदै यसो भनेको भिडियोमा सुनिन्छ।