२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ दिनमै आमाको काजकिरिया गर्दा स्थानीयले दिए समाजबाटै बहिस्कार गर्ने धम्की



अ+ अ-

काठमाडौं । तराई मधेशमा मृत्यु संस्कार गर्ने परम्परा लामो छ। झन् मधेशी समुदायमा त मृत्यु संस्कारमा आर्थिक भारसमेत पर्ने गरेको छ। आर्थिक भारमा कतिपय परिवार बिचल्ली भएका घटना सार्वजनिक हुँदै आएका छन्।

पुरानो रुढीबादी संस्कारको विरोध गर्दै आएका सिरहाको सन्हैठा निवास पूर्वपत्रकार तथा समाजवादी पार्टीका नेता रामरिझन यादवले आफ्नी आमाको मृत्यु संस्कार चार दिनमै सकेका छन्। तर, १३ दिनमा सक्नुपर्ने मृत्यु संस्कार चार दिनमै सकेको र भोज पनि नगरेको भन्दै स्थानीयबासीले यादवलाई सामाजिक बहिस्कार गरेका छन्।

यादबले आफ्नी आमा ८८ वर्षीया जगियादेवी यादवको काजकिरिया चार दिनमै सकेका हुन्। चार दिनमा काजकिरिया सकेका यादबले बिहीबार घरमै श्रद्धाञ्जली सभा गरे। श्रद्धाञ्जली कार्यक्रममा बौद्धिक व्यक्तित्व, विभिन्न पार्टीका नेता कार्यकर्ता त आए, तर छिमेकी नै गएनन्।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।