५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : डिफेन्डिङ च्याम्पियन चिली सेमिफाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । डिफेन्डिङ च्याम्पियन चिली ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश । शनिबार बिहान भएको क्वाटर फाइनलको खेलमा कोलम्बियालाई ट्राइब्रेकरमा ५–४ ले पराजित गर्दै चिली सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।प्रतिस्पर्धात्मक खेलमा चिलीका लागि दोस्रो हाफमा भिडालले गरेको गोल अफसाइड ठहर्दै मान्यता पाएन ।

पेनाल्टी प्रहारमा दुवै टोलीका लगातार ४ खेलाडीले गोल गरेका थिए । कोलम्बियाका लागि पाचौं नम्बरमा पेनाल्टी प्रहार गर्न आएका विलियम तेसिल्लोले पोस्ट बाहिर प्रहार गरे । यसै मौकालाई सदुपयोग गर्दै अन्तिममा चिलीका लागि साञ्चेजले गोल गर्दै टोलीलाई सेमिफाइनलमा पु¥याए । चिलीले आइतबार हुने उरुग्वे र पेरुबीचको जितेतासँग फाइनलका लागि प्रपिस्पर्धा गर्नेछ ।

यता शनिबार बिहान भएको दोस्रो क्वाटरफाइनल खेलमा भेनेजुएलालाई २–० गोल अन्तरले हराउदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेज र लो सेल्सोले समान एक एक गोल गरेका थिए ।

खेलको सुरुवातदेखि नै आक्रमक बनेको अर्जेन्टिनाले १० औं मिनेटमा नै आफ्नो अग्रता कायम गरेको थियो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्दै १–० को अग्रता बएनाए। त्यसपछि पनि अर्जेन्टिनाले लगातार भेनेजुएलालाई दवाब दिदै गयो । लियोनल मेस्सी र सर्जियो अगुएरोले केहि मौका खेर फ्याल्दा अर्जेन्टिनाले पहिलो हाफसम्म १–० को अग्रता बनायो ।

पहिलो हाफसम्म १–० ले पछाडि परेको भेनेजुएलाले दोस्रो हाफमा थप एक गोल खायो । खेलको ७४ औं मिनेटमा सर्जियो अगुएरोले प्रहार गरेको बल भेनेजुएलाका गोलकिप्परले रोक्ने क्रममा रिबाउन्ड हुँदा सेल्सोेले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । बाँकी समय दुबै टिमबाट गोल नहँुदा अर्जेन्टिनाले सहजै सेमिफाइनलमा ब्राजिलसँगको भेट पक्का बनायो ।

यता हिजो बिहान भएको खेलमा आयोजक ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनलको खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पेनाल्टी सुटआउटमा ब्राजिलका लागि विलियन, मार्किनोस, फिलिप काउटिन्हो र गाब्रियल जेससले गोल गरेका थिए। चौथो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका रोबर्टो फिर्मिनोको प्रहार भने आउट भएको थियो।

पाराग्वेका लागि अल्मिरोन, भाल्डेज र जुवान रोद्रिगो रोजासले गोल गरे। तर पहिलो नम्बरमा पेनाल्टि हान्न आएका गुस्ताफो गोमेजको प्रहारलाई ब्राजिलका गोलकिपर एलिन्सनले रोकेका थिए। यस्तै पाँचौ नम्बरमा पेनाल्टी हानेका डेर्लिस गोन्जालेजको प्रहार आकासियो।

त्यसअघि ५८ औं मिनेटमा फाबियल भल्बुएनाले रातो कार्ड पाएपछि पाराग्वे दश खेलाडीमा झरेको थियो । एक खेलाडी कम भएको अवस्थामा पनि ब्राजिलले पाराग्वे विरुद्ध गोल गर्न सकेन । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको हो ।