५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर नगरपालिकाका संस्थापक मेयरको निधन



अ+ अ-

चितवन । तत्कालिन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको निधन भएको छ । ८४ वर्षको उमेरमा चुकेको नारायणगढस्थित आफ्नै निवासमा शुक्रबार बिहान ११ बजे निधन भएको हो ।

२०६२ सालमा मर्निङ वाकको समयमा मोटरसाइकलले ठक्कर दिएपछि उनी अस्वस्थ बनेका थिए । त्यसयता उनको अधिकांश समय घरमा नै वित्ने गरेको थियो । चुके २०३५ सालमा तत्कालीन भरतपुर नगर पञ्चायतको मेयर बनेका थिए । प्रजातन्त्र सेनानी चुके राष्ट्रिय पञ्चायतका जनपक्षीय सांसदसमेत रहेका थिए ।

चुकेको शनिवार विहान ८ बजे निवासमा त्यसपछि कांग्रेस चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा गरेपछि देवघाटमा लगेर अन्त्येष्टि गरिने उनका आफन्त दिनेश चुकेले जानकारी दिए ।यता नेपाली कांग्रेसले विज्ञप्ति मार्फत चुकेको निधनप्रति शोक व्यक्त गरेको छ ।