२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगोको खानी दुर्घटना, १९ बालबालिका मारिए



अ+ अ-

किन्सासा । कंगोको दक्षिणी क्षेत्रमा सञ्चालित तामा तथा कोबाल्ट खानीमा भएको दुर्घटनामा कम्तीमा १९ जना बालमजदुरको मृत्यु भएको छ ।

प्रहरीका अनुसार उक्त खानी स्वीट्जरल्यान्डको खानी उद्योग ग्लेनकोरले सञ्चालन गरिरहेको छ । ग्लेनकोरको सहायक कम्पनी कामोतो कपर कम्पनी (केसीसी) ले ती मजदुरलाई काममा लगाएको थियो । ग्लेनकोरले दुईवटा अग्ला पर्खाल ढलका कारण अरु मजदुर पनि चेपुवामा परेको हुनसक्ने बताएको छ । केही सञ्चार माध्यमले मृत्यु हुनेको संख्या अरु बढी रहेको आशंका गरेका छन् ।

ग्लेनकोरले पछिल्ला दिनहरुमा गैरकानुनी तरिकाबाट बालबालिका खानी मजदुरमा काम गर्न थालेको जनाएको छ । यहाँको खानीमा दैनिक २ हजारभन्दा बढी व्यक्ति जबर्जस्ती आएर काम गर्ने गरेको कम्पनीले दाबी गरेको छ ।अल जजिरा टेलिभिजनका अनुसार सन् २०१६ मा यही खानीमा करिब २५० मिटर अग्लो पर्खाल भत्किएर सात जना कामदारको ज्यान गएको थियो । अफ्रिकाका धेरै मुलुकमा अवैज्ञानिक तरिकाबाट खानी उत्खनन गर्नेक्रममा बर्सेनि धेरैको ज्यान जाने गरेको छ ।