
काठमाडौं । तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ तथा चर्चित अभिनेत्री करिश्मा मानन्धरले एसईई नतिजामा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् ।
बिहीबार सार्वजनिक भएको नतिजाअनुसार मानन्धरल थ्री जीपीए ल्याएर उर्तिण भएकी छिन् । मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन्
।थ्री जीपीए ल्याएर उर्तिण भएसँगै खुशी व्यक्त गर्दै अब आफु ब्यवस्थापन संकायमा भर्ना भएर कक्षा ११ पढ्ने प्रतिकृया दिएकी छन् । तर, आफू नजिताबाट हर्षित भएको भन्दै करिश्माले पढाइलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताएकी छन् ।












