२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपनामा भगवानलाई देखेमा के हुन्छ ? यस्तो छ तथ्य



अ+ अ-

काठमाडौं। वास्तवमा भन्नुपर्दा, ‘सपना’ भनेको हाम्रो अवचेतन मनमा भएका कुराहरूलाई हामीसामुन्ने देखाउने श्रोत हो भन्न सकिन्छ। हरेक संस्कृतिले ‘सपना’लाई भिन्नाभिन्नै दृश्टिकोणले हेर्ने गर्दछ भने हरेकले आफ्नै तरिकाले सपनालाई व्याख्या गर्ने गर्दछ।

कसैले सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा हेर्ने गर्दछन् भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्। त्यसैगरी, ‘मन्दिर गएको’ सपनालाई पनि थुप्रै दृश्टिकोणले हेर्न सकिन्छ साथै थुप्रै तरिकाले व्याख्या गर्न सकिन्छ।

मन्दिरको सपनालाई कसरी अर्थ्याउने ?

मन्दिरको सपनालाई सही तरिकाले अर्थ्याउनको लागि, तपाईँको जीवनमा के-कस्ता घटनाहरू घटिरहेका छन् भनेर ध्यान दिनु जरुरी हुन्छ। तपाईँले कस्तो किसिमको मनोवैज्ञानिक अनुभवहरू भोगिराख्नुभएको छ अनि ‘मन्दिरको सपना’को प्रकृति कस्तो छ भनेर पनि बुझ्नुपर्दछ। यति बुझिसक्नुभएपछि मात्रै तपाईँले सही तरिकाले उक्त सपनालाई अर्थ्याउन सक्नुहुन्छ।

मनको भार
साँच्चै भन्ने हो भने, मन्दिर भगवानहरूको घर हो र मानिसको मनको भार बिसाउने पवित्र ठाउँ हो। यो यस्तो ठाउँ हो जहाँ मानिसहरू आफ्ना प्रार्थना, प्रश्न अनि व्यग्रता पोख्ने गर्दछन्। जब दुःख कष्ट अनि अनिष्टले हाम्रो दिमागलाई घेर्न थाल्छ, तब मनलाई शान्त पार्न अनि एकछिनको लागि सबै कुराहरू भुलाउनको लागि हामी मन्दिर जाने गर्छौँ। कतिपय मानिसहरू त भगवानप्रति धन्य भएर पनि मन्दिर धाउने गर्दछन्।
त्यसैले, ‘मन्दिर गएको’ सपना देख्नुभयो भने, तपाईँको मनले शान्त ठाउँ अनि पवित्र ठाउँ खोजिरहेको छ भनेर बुझ्न सकिन्छ। जहाँ कुनै किसिमको नकारात्मक भावनाले घेर्न सक्दैन।

भाकल
कहिलेकाहिँ, मन्दिरको सपनालाई अलौकिक शक्ति र ‘भगवान’ले मानिससँग अन्तरक्रिया गर्न खोजिरहेको छ भनेर पनि बुझ्न सकिन्छ। सपनामा मन्दिर देख्दा भगवानले तपाईँलाई दिनुभएको आशिर्वादको बदलामा ‘धन्यवाद’ दिन बाँकी छ भनेर पनि बुझ्न सकिन्छ। त्यसैले, आफ्ना अतीतलाई याद गर्नुहोस्।
कतै तपाईँले मन्दिरमा गएर केहि कुराको ‘भाकल’ पो गर्नुभएको थियो कि ? यदि त्यस्तो बाँकी छ भने, कुनै बिलम्ब नगरी भाकल गरेको मन्दिर जानुहोस् अनि ऋण चुक्ता गर्नुहोस्।

दिव्य आश्वासन
कहिलेकाहिँ, मन्दिरको सपना देख्दा तपाईँलाई कसैले संरक्षण गरिरहेको छ अथवा कसैले तपाईँलाई आश्वासन दिइरहेको छ भनेर पनि बुझ्न सकिन्छ। मनोवैज्ञानिक हिसाबले हेर्नुपर्दा, जब तपाईँ दुविधामा पर्नुहुन्छ अनि कसैको सहाराको आश गर्नुहुन्छ भने सपनामा मन्दिर देख्नुहुन्छ।

यसको मतलब तपाईँलाई कसैले सुरक्षा दिएर राखिरहेको छ भन्न सकिन्छ र तपाईँले आफ्ना सबै पीर-चिन्तालाई भुलेर जीवनमा अगाडि बढ्न सक्नुहुन्छ। यदि तपाईँ धार्मिक हुनुहुन्छ अनि भगवानप्रति विश्वास गर्नुहुन्छ भने नजिकैको मन्दिरमा गएर भगवानको दर्शन गर्न पनि सक्नुहुन्छ, ताकी तपाईँको विश्वास अझ बलियो होस्।

अन्त्यमाः
हुन त, यस्तो सपनाले कुनै ठोस अर्थ र व्याख्या बोकेको हुँदैन, तैपनि व्यक्तिगत परिस्थितिलाई ध्यानमा राखेर त्यसलाई बुझ्ने कोशिस गर्नु महत्वपूर्ण हुन आउँछ। आखिर सपना पनि त तपाईँकै मनको कुरा त हो।

के थाहा त्यसलाई बुझ्दा कुनै एउटा ठूलो प्रश्नको उत्तर पो भेट्न सकिन्छ किरु फेरि तपाईँ कत्तिको धार्मिक हुनुहुन्छ भन्ने कुराले पनि यस्तो सपनाको अर्थमा प्रभाव पर्दछ।


यदि तपाईँ भगवानप्रति पुरा विश्वास गर्नुहुन्छ भने यस्तो सपना देखेको बेलामा तपाईँको जीवनमा के-कस्ता घटनाहरू घटिरहेका छन् भनेर बुझ्दा तपाईँको अवचेतन मनले तपाईँलाई के भन्न खोजिरहेको छ भनेर बुझ्न पनि सकिन्छ।




भर्खरै