२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवामा आवेदन दिने ४ लाख, साढे १० करोड राजस्व संकलन



अ+ अ-

काठमाडौं । लोकसेवा आयोगको आबेदनको अवधि समाप्त भएर दोहोरो दस्तुर तिरेर आवेदन दर्ता गन अवधिमा समेत उत्साहजनक आवेदन दर्ता भएको छ । आयोगका अनुसार दोहोरो दस्तुर तिरेर आवेदन दिने पहिलो दिनमा मात्र झण्डै २२ हजारको आवेदन दर्ता भएको छ । मंगलबारसम्ममा लगभग ३ लाख ६८ हजारको आवेदन दर्ता भएको थियो । सो संख्या बढेर बुधवार झन्डै ४ लाखको आवेदन परेको आयोगको तथ्यांक छ ।

आयोगका अनुसार बुधबार साझ ५ बजेसम्म ३ लाख ८९ हजार २ सय ८१ जनाको आवेदन दर्ता भएको छ । जसअन्तर्गत खुलातर्फ ३ लाख ८४ हजार २ सय ६०,महिलामा ९३ हजार ६ सय ७३,जनजातितर्फ ३९ हजार ७ सय ८, मधेसीतर्फ २२ हजार ६ सय ४३, दलिततर्फ २ हजार ८ सय ३१, अपांगता भएकातर्फ १ सय ३७ र पिछडिएका क्षेत्रतर्फ १ सय ७ जनाको आवेदन परेको छ ।

आवेदनबापत झन्डै साढे १० करोड राजस्व संकलन भएको छ । आयोगले अनुसार ९ करोड ३५ लाख ६४ हजार २ सय रुपैयाँ राजस्व संकलन भइसकेको छ ।
आयोगले स्थानीय तहका लागि गत १५ जेठमा ९ हजार १ सय ६१ को संख्यामा भर्ना आह्वान गरेको थियो । आयोगले गरेको विज्ञापन समावेशी नभएको भन्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गरी समावेशिताका आधारमा विज्ञापन रद्द गरी करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिएको थियो । समितिको निर्देशन कानुनविपरीत रहेको कानुनविद् तथा प्रशासन क्षेत्रका ज्ञाताविहरुले दाबी गर्दै आएका छन् ।

यससम्बन्धको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतको अन्तिम फैसला नआएकाले ४ लाखको संख्यामा आवेदन दिएका आवेदकको भविष्य के हुने भन्ने अन्यौलता कायमै रहेको छ ।

आयोगल दिएको आवेदनको समयावधि मंगलबार समाप्त भईसकेको छ । बुधबारबाट १७ असारसम्मको १ हप्ते हप्तासम्म दोहोरो दस्तुर बुझाएर आवेदन दर्ता गर्न सकिनेछ । आयोगले दोहोरो दस्तुर बुझाएर आवेदन दर्ता गर्नेको संख्या समेत उत्साहजनक रहेको जनाएको छ । सो अवधिसम्ममा ५ लाखको संख्यामा आवेदन पर्ने आयोगको अनुमान रहेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।