२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकोप्टरको बिल अब सरकारले होइन, पार्टीले तिर्ने



अ+ अ-

काठमाडौं । पार्टीको कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रयोग गरेको सेनाको हेलिकोप्टरको भाडा नेकपा हुम्लाले व्यहोर्ने जनाएको छ । नेकपा हुम्ला अध्यक्ष लालकेस जैसीले बुधबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित नेताहरू चढेको हेलिकोप्टरको भाडा दुई लाख ५० हजार उठेको र सो खर्च पार्टीले व्यहोर्ने जनाएका हुन् । तर, हेलिकोप्टरको भाडा सरकारले पहिल्यै सेनालाई बुझाइसकेकाले पार्टीले कसलाई तिर्ने भन्ने विज्ञप्तिमा प्रस्ट छैन ।

‘पार्टी कार्यक्रममा हेलिकोप्टर प्रयोग भएको भन्ने समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘इतिहासकालदेखि देश र जनताको हित र अधिकारका लागि समर्पित हाम्रो पार्टीले कुनै पनि राज्यकोषबाट खर्च नहुने गरी उक्त हेलिकोप्टरबापत लाग्ने रकम दुई लाख ५० हजार व्यहोर्ने जानकारी आमनागरिकलाई गराउन चाहन्छौँ ।’

सुर्खेतमा आपत्कालीन उद्धारका लागि प्रयोग गर्न राखिएको सेनाको हेलिकोप्टर सरकारी पैसाले भाडामा लिएर मुख्यमन्त्री शाही नेकपा हुम्लाको बैठकमा आएको र दुई दिनसम्म होल्ड गरेको समाचार ९ जेठमा नयाँ पत्रिकाले प्रकाशित गरेको थियो ।

७ जेठमा मुख्यमन्त्री शाही, सामाजिक विकासमन्त्री दल रावल, कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरख बोगटीसहितका नेता सिमकोट पुगेका थिए । सेनालाई अग्रिम तीन लाख बुझाएर उनीहरूले हेलिकोप्टर भाडामा लिएका थिए । समाचार आएपछि जिल्ला पार्टीले बाध्य भएर खर्च व्यहोर्ने जनाएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।